एड्सको रमाइलो

एड्सको रमाइलो

एड, एड र एडी क्यानाडेली अमेरिकी कमेडी टेलिभिजन शृंखला हो। यो कार्टुन डेनी एन्टोनुचिले कार्टुन नेटवर्क च्यानलको लागि बनाएका हुन्। यो कार्टुन तीन किशोर एड, एड र एडीमा आधारित छ।

तीन जनालाई सामूहिक रूपमा एड्स भनिन्छ। उनीहरू पिच ग्रिकमा बस्छन्। तीनजनाले मानिसलाई ठगेर पैसा कमाउने योजना बनाउँछन्। तर उनीहरूको योजना सधैं असफल हुन्छ।

कार्टुन नेटवर्कको सफल सिरिजमध्ये यो कार्टुन पनि पर्छ। उक्त च्यानलमा यो कार्टुन करिब ११ वर्षसम्म चलेको थियो। यसले दुई पटक रिउबिन अवार्ड, लियो अवार्ड र सोक्यान अवार्ड प्राप्त गरिसकेको छ। चार लियो अवार्ड, एन्नी अवार्ड र दुई किड्स च्वाइस अवार्डका लागि पनि यो कार्टुन छानिएको थियो।

भनिन्छ, यो कार्टुनले ३१ मिलियन घरपरिवारलाई आकर्षित गरेको थियो। यो कार्टुन एक सय २० देशमा प्रसारण हुन्थ्यो। यो बालबालिकामा मात्र नभई युवा र वयस्कहरू माझ पनि धेरै लोकप्रिय बन्यो। यसका ६ सिजनमा सत्तरी एपिसोड रहेका छन्। प्रदर्शनको समयावधि २२ मिनेट छ।

कार्टुनका पात्रहरूका बारेमा पनि केही जानौं है।

यो कार्टुनमा तीन प्रमुख पात्रहरू रहेका छन् –एड, एड र एडी। तीबाहेक केल्फ, रल्फ, नाज, जिमी, सारा र जोनीको अर्काे समूह पनि छ। अन्य पात्रहरूमा कङ्कर सिस्टर, ली मेरी, मे, इडी ब्रदर रहेका छन्।

एडी : एडी कार्टुनमा आफैं काम गरेर पैसा कमाउने पात्र हो। ऊ अहंकारी, स्वार्थी, लोभी र छिटो रिसाउने स्वभावको हुन्छ। उसले पैसा, नराम्रा पत्रिका, आफ्नो कोठा र चङ्की पफ मन पराउँछ। ऊ सधैं मानिसलाई ठग्ने योजना बनाउँछ। तर, सधैं असफल हुन्छ। उसको मूल्यवान् सम्पत्तिमा ऊसँग रहेको पत्रिका, किङ साइजको बेड र डिस्को बल हो। ऊसँग बेरी ह्वाइटको एल्बम पनि छ। ऊ आफ्नो समूहमा सबैभन्दा सानो हो। तर कसैले पनि आफूलाई सानो भनेको उसलाई मन पर्दैन। त्यसैले आफूलाई सानो भन्ने मान्छेलाई उसले घृणा गर्छ। आफ्नो फाइदाको लागि प्रयोग गर्न सकियोस् भनेर उसले कहिलेकाहीँ आफ्नो जेठो दाइको प्रशंसा गर्छ।

इड : ऊ सबैभन्दा चतुर छ र तीनमध्ये सबैभन्दा विनम्र, परिपक्व र विचारशील छ। ऊ अरूभन्दा बढी मन पराइएको पात्र हो। उसले शान्तिको लागि काम गर्छ र बालबालिकालाई सल्लाह दिने काम गर्छ। ऊ आईक्यूमा राम्रो छ र उसले स्कुलमा सबै विषयमा टप गर्छ। तर, शारीरिक रूपमा ऊ कमजोर हुन्छ।

ऊ विमान, रकेट, कार र रोलर निर्माण गर्न सक्ने हुन्छ। ती उपकरण बनाउँदा ऊ आनन्दित पनि हुन्छ। उसले गितार पनि जानेको छ तर बजाउन भने उसलाई मन पर्दैन। ऊ कठिन शब्दको प्रयोग गरेर बोल्छ र सामान्य शब्दको प्रयोग गर्न जान्दैन। उसको सर्ट प्रायः सुन्तला र रातो रङको, रातो मोजा र नीलो रङको जुत्ता हुन्छ। उसले कालो ह्याट लगाउँछ जसको चारैतिर दुई सेता लाइनहरू रहेका हुन्छन्। उसको टोपीमा के छ कसैलाई थाहा छैन। एड र एडले दुई पटक मात्र उसलाई बिना टोपीमा देखेका छन्।

एड  एड बलियो र बेबकुफ छ। उसको कपाल छोटो छ। उसले रातो र सेतो धार भएको सर्ट, हरियो ज्याकेट, बैजनी र नीलो जिन्स लगाउँछ। उसको छाला पहेँलो छ। ऊ सधंै हाँस्ने र सधैं खुसी रहने पात्रको रूपमा चिनिन्छ। उसमा अचम्मको शारीरिक शक्ति छ। ऊ दयालु र राम्रो स्वभावको हुन्छ। उसले अरू दुई एड र एडीको ख्याल राख्छ। उसले टोस्ट, ग्रेभी, चंकी पफ, चिकेन, कमिक र मोन्स्टर फिल्म मन पराउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.