सबैभन्दा बढी स्वर्णपदक जित्ने पौडीवाज

सबैभन्दा बढी स्वर्णपदक जित्ने पौडीवाज

माइकल फेल्प्सको जन्म सन् १९८५ बाल्टिमोरमा भएको थियो। उनी सबैभन्दा बढी आभुषणले सुसज्जित ओलम्पियन हुन्। उनी सबैभन्दा बढी गोल्ड मेडल जित्ने पौडीवाज पनि हुन्।

सन् २००४, २००८, २०१२ र २०१६ को ओलम्पिकमा सबैभन्दा बढी गोल्ड मेडल उनैले जितेका थिए। उनकी आमा एक स्कुलमा प्रिन्सिपल थिइन्। उनका बाबु मेरिल्याण्ड राज्यका टपर थिए। उनी हाई स्कुलमा फुटबल खेल्थे।

उनका आमाबाबुले उनलाई सात वर्षकै उमेरमा पौडी सिक्न पठाए। आमाबाबुको उद्देश्य उनलाई पौडन सिकाउनु थियो। तर, उनले भने यही खेलमा आफ्नो करियर बनाउने सोच बनाए।

हेर्दाहेर्दै उनले आफ्नो अभ्यासद्वारा दश वर्षका उमेरमा नै आफ्नो उमेर समुहका सबै राष्ट्रिय खेलको रेकर्ड तोडे। १५ वर्षको उमेरमा सन २००० को समर ओलम्पिकको लागि छनौट भए। त्यतिबेला उनी पछिल्लो ६८ वर्षको रेकर्ड तोडेर ओलम्पिकमा भाग लिने सबैभन्दा कम उमेरका खेलाडि बने। तर, त्यो ओलम्पिकमा उनले एक मेडल पनि हात पारेनन्। उनले अभ्यास भने जारी राखे। त्यसपछि सन २००४ को समर ओलम्पिकमा जित्न सुरु गरे र आठ मेडल जिते।

उनले २००८ को ओलम्पिकमा पौडीको सबै खेल पुरा गरेर आठ गोल्ड मेडल जितेका थिए। यो काम उनले यस्तो समयमा गरेका थिए जुनबेला उनको दाहिने हात भाँचिएको थियो। डाक्टरले हातको प्रयोग पहिले जस्तो गर्न नहुने बताएका थिए। उनले त्यसपछि पहिलेभन्दा दुई गुना अभ्यास गर्न लागे। हातको कम प्रयोग गर्दै उनले खुट्टामा ध्यान केन्द्रित गर्न थाले। त्यसपछि सन २००८ को समर ओालम्पिकमा सबै रेकर्ड तोडे। ३६ वर्ष पुरानो मार्क स्पिट्जको सात गोल्ड मेडलको रेकर्ड तोडेर उनले आठ गोल्ड मेडल हासिल गरे।

सन २०१२ को समर ओलम्पिकमा पनि उनले ६ मेडल जिते। त्यसपछि उनले पौडीबाट रिटायर लिने फैसला गरे। आफ्नो जीवनमा पौडीलाई यति धेरै समय दिइसकेका थिए कि पौडीबिना उनी बस्न सक्दैनथे। त्यसैले सन २०१४ मा रिटायर फिर्ता लिए। दुई वर्षको कडा मिहेनतपछि सन २०१६ मा रियो अ‍ोलम्पिकमा भाग लिए। त्यहाँ पनि पाँच गोल्ड मेडल जिते। त्यसपछि उनले रिटायर लिए।

साधारण मानिसले आफ्नो दिनभरीको शक्तिको लागि २००० देखि २५०० क्यालोरी लिन्छ। तर, उनले अभ्यासको लागि १२००० क्यालोरी लिनुपथ्र्याे। उनले आजसम्म ८३ मेडल जितेका छन्। तीमध्ये २८ मेडल ओलम्पिमा जितेका छन्। २८ मध्ये २३ गोल्डमेडल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.