लागुऔषध कारोबारी तीनजना पक्राउ

लागुऔषध कारोबारी तीनजना पक्राउ

धरान : प्रतिबन्धित लागु औषधको कारोबारमा संलग्न तीनजनालाई धरान प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनी नाकाबाट लागु औषध खरिद गरी धरान बिक्री गर्न ल्याउँदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान प्रवेश गर्ने तीनकुनेबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ अनिल थापा, धरान १७ का सन्तोष विशंखे र मोरङ कानेपोखरी गाउँपालिकाका कविराज दाहाल रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका थापाको साथबाट एकसय ग्राम गाजा, र लागुऔषध स्पासमिड ७ सय ७० क्याप्सुल बरामत गरेको छ । विशंखेको साथबाट लागुऔषध एभिल, लुप्रिजेशिक र डार्यजेलाव ८१ एप्पुल बरामत गरिएको छ । 

दाहालको साथबाट गाजा एकसय ग्राम र ट्रिडोल ७ सय ४० बोतल बरामत गरिएको डिएसपी न्यौपानेले बताए । उनले पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषध कारोवार ऐनअन्र्तगत मुदा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । पक्राउ परेकालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

लागुऔषधसहित पक्राउ परेका अभियुक्त। तस्बिर : रत्नप्रसाद आचार्य


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.