क्यानभासमा रिया

क्यानभासमा रिया

काठमाडौं : इफात रजोआना रिया बंगलादेशकी भिजुअल आर्टिस्ट हुन्। फोटाग्राफीमा समेत सौखिन रिया चित्र पनि सुन्दर बनाउँछिन्। इन्स्टलेसन आर्ट र भिडियो मेकिङमा पनि उनी अब्बल छन्। बंगलादेशको ढाका युनिभर्सिटीबाट फाइन आर्टमा मास्र्टस उनी चप्नको युनान आर्ट युनिभर्सिटीबाट एमफिल गर्दैछन्। रिया सन् २०१० देखि पर्फम आर्टमा संलग्न छिन्।

प्रिन्ट मेकिङबाट आर्ट यात्रा सुरु गरेकी रियालाई क्यानभास, पोट्रेट र पेन्टिङमा मात्रैे दृश्य उतारेर बस्न मन मानेन। आफूले बनाएको चित्र अर्थपूर्ण त हुन्थ्यो, सबैले राम्रो भन्थे तर प्रत्यक्ष रूपमा दर्शकको प्रतिक्रिया बुझ्न सकिँदैनथ्यो। चित्रमा आफूले चाहेका सबैकुरा देखाउन सकिन्नथ्यो। यसैले उनले परफम आर्ट रोजिन्। जहाँ आफ्नो शरीरलाई प्रत्यक्ष प्रयोग गर्न पाइन्थ्यो। तत्कालै दर्शकको प्रतिक्रिया बुझ्न पाइन्थ्यो। के फिल गर्छ देख्न पाइन्थ्यो। आर्टले मानिसलाई कनेक्ट गर्न सक्नुपर्छ भन्ने लाग्छ उनलाई। चित्र बनायो ग्यालरीमा झुन्ड्यायो। मानिसको अनुभव चित्रले बुझ्न सक्दैन। तर परफम गर्दा आफूसँग प्रत्यक्ष जोडिएका हुन्छन् मानिस। आफ्नो कुन प्रस्तुतिमा उनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्, अनुहारको भावभंगीसमेत हेर्न सकिन्छ। सामाजिक समस्या समाधान गर्न परफम आर्ट प्रभावकारी हुने उनको अनुभव छ।

सानैदेखि कलाप्रेमी हुन् उनी। बुवाको माया लामो समय पाउन सकिनन्। कुनै जटिल बिरामीका कारण उनको बुवाको मृत्यु भयो। ती दाजुबहिनीलाई एक्ली आमाले हुर्काएकी हुन्। कलिलो उमेरमा विधवा बनेकी उनकी आमा संसारकै बोल्ड लेडी लाग्छ उनलाई। जसले उनलाई आर्टको खुल्ला संसारमा दौडन साथ दिइन्।

मुस्लिम समुदायको बाहुल्य उनको देशमा महिलालाई स्वतन्त्र वातावरण छैन। धर्मको बहानामा महिलामाथि विभेद र असमान व्यवहार गरिन्छ। बलात्कारको घटना पनि बंगलादेशमा अत्यधिक हुन्छ। यस्ता घटनाले रियालाई निकै छुन्छ। महिलाको शरीर भएकै कारण अपराध सहनुपर्ने बाध्यता अन्त्य भइदिए हुन्थ्यो भन्ने लाग्छ। धर्मलाई यसका लिडरले गतल तरिकाले व्याख्या गरेका छन्। धर्मको नाममा भएको अपराधलाई कानुनले पनि छुट दिने उनले देख्दै र भोग्दै आएकी छन्।

रियाले धेरैजसो मानवीय व्यवहारको विषयमा काम गर्छिन्। मानिस भित्रका फरकफरक व्यवहारलाई उनी आर्ट मार्फत् देखाउँछिन्। राजनीतिक उतारचढाबले गर्दा उनको देशमा जनतालाई निकै सास्ती छ। सरकारमा भएको पार्टी र विपक्षमा भएको पार्टीबीच द्वन्द्व छ। राजनीतिक आस्थाको आधारमा व्यक्ति हत्या देशकै चरित्र जस्तै भएको छ। यसले सामान्य जनता सदै चेपुवामा पर्ने गर्थे।

उनी काठमाडांै इन्टरनेसनल परफममेन्स आर्ट फेस्टिभलमा भाग लिन यही नोभेम्बरमा दोस्रो पटक नेपाल आएकी हुन्। भूकम्पमा भत्किएका मठमन्दिर, घरको भद्रगोल, काठमाडांैको भीडभाड र कोलाहल हेर्दा उनलाई काठमाडांैले त्यति मन तानेन्। उनी भक्तपुर र पनौती पुगिन्। ऐतिहासिक स्थलमा घुम्न पाउँदा अत्यन्तै खुसी लाग्यो उनलाई। जताततै कलात्मक मन्दिरको सहर भक्तपुर दरबार स्क्वायर पुग्दा स्वर्गकै अनुभूति भयो।

नेपाल प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए पनि यहाँका मान्छेले सुन्दरतालाई चिन्न नसकेको उनको अनुभव छ , भन्छिन्, ‘नेपालीसँग सुन्दर इतिहास छ, कलात्मक सम्पदा छन् तर यहाँका मान्छेलाई मतलव नै छैन। पाइलैपिच्छे मन्दिर र भगवान्का घर भए पनि मानिसले भगवान्लाई सम्मान नगरेको देखिनँ।’

उनलाई मन्दिरमा बालिने अगरबत्ती र धूपको बास्नाले खुब छोयो। मन्दिर छेउमा उभिँदा आत्मिक अनुभूति हुने, स्वर्ग जस्तै महसुस हुने। कति मीठो सुगन्ध उनले जोड दिँदै व्याख्या गरिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.