राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफलाई उपाधि
पोखरा : तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६औं संस्करणको लामाचौर तीज महोत्सवमा भएको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ न्यू डायमण्डलाई ३-१ सेटमा हराउँदै एपीएफले उपाधि जितेको छ।
महिलातर्फ विजेताले १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। एपीएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने। डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए। एपीएफकी पूजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन्।
पुरुषतर्फ विभागीय एपीएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो। शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ।