पर्यटकीय क्षेत्रमा औधोगिकग्राम

पर्यटकीय क्षेत्रमा औधोगिकग्राम

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकालाई औधोगिक ग्राम बनाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा कृषि, पशु, उद्योगका प्राविधिकसहित टोलीले बिहीबार जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरी र वडा नं ५ को सुकेपोखरी आसपास क्षेत्रमा अध्ययन अनुसन्धान गरेको हो।

टोलीले औधोगिकग्रामका लागि चाहिने न्यूनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, विद्युत्, भूबनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, वस्ती, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आवश्यक कच्चापदार्थको अवस्था, जनसंख्या, ढुवानी, बजारीकरणलगायत विषयमा पहिलो चरणमा अध्ययन गरिएको प्रमुख परियारले बताए। उनले भने, ‘औद्योगिकग्राम स्थापनाका लागि न्यूनतम मापदण्ड प्रदेश सरकारले नै तय गरेको छ। त्यो मापदण्डलाई परिपुरण गर्ने अवस्था भए नभएको प्राविधिक पक्षबाट हेर्ने काम भएको छ। बाँकी चाँडै निष्कर्ष निकालिनेछ’, प्रमुख परियारले भने, ‘जग्गाजमीन र भौगोलिक अवस्था हेर्दा मापदण्डसँग मेल खान्छ। बाँकी पक्षको त्यो प्राविधिक टोलीले थप अध्ययन गर्नेछ। मेरो विचारमा सुकेपोखरी उपयुक्त छ।’

टोलीका सदस्य घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख पाक्रम खाँ ले वातवरणीय हिसाबले उपयुक्त भएको बताए। औधोगिक क्षेत्र सञ्चालनका लागि नजिकमा कच्चापदार्थ उत्पादन हुने क्षेत्र चाहिन्छ, अन्य हिसाबले उपयुक्त नै रहेको उनले बताए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. अजयकुमार साहका अनसार वनजंगल र वातावरण पनि उपयुक्त रहेकाले पशुचौपायाको क्षेत्रमा पनि उर्वर ठाउँ छ। सामान्य सडक विस्तार गर्न सके ठाउँ नकार्न सक्ने अवस्था नरहेको उनले बताए। कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुन्तला जोन कार्यक्रम यहीँ वडामा सञ्चालनमा रहेको र अदुवा, बेसार, तरकारी खेती पनि सञ्चालनमा रहेकाले औधोगिकग्राम स्थापनाका लागि कुनै समस्या छैन।

गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ज्युठकुरीले गाउँपालिका खनिज तथा धातुपदार्थ सिसा, तामा, फलाम, चुनढुंगाले भरिपूर्ण क्षेत्र भएकाले औधोगिकग्रामका लागि उपयुक्त रहेको बताइन्। उनले भनिन्, ‘केही ठाउँमा खनिज तथा धातुपदार्थ देखिएकाले तिनको यकिन गर्न खानी तथा भूगर्भ विभाग र विशेषज्ञलाई जानकारी गराइसकेका छौं।’ वडा नम्बर ५ मा सिसाखानीको ओडार देखिएकाले धेरै मानिसले सिसा नै भएको अडकलवाजी गरिरहेको वडाध्यक्ष पाण्डोव राईले बताए। आफ्नो वडा सिसा, चुनढुंगा र फलफूल खेतीका लागि योग्य रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.