बुद्ध एयरले विराटनगर र भद्रपुरबाट प्रादेशिक उडान भर्ने

बुद्ध एयरले विराटनगर र भद्रपुरबाट प्रादेशिक उडान भर्ने

विराटनगर : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान गर्ने भएको छ । विराटनगर र भद्रपुरबाट काठमाडौं तथा पोखराका लागि सिधैं उडान भर्ने तयारी गरेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

यो उडान आगामी डिसेम्बर १ तारिखदेखि सुरु हुने बस्नेतको भनाई छ । विराटनगरमा सेवाका विषयमा जानकारी दिँदै बुद्ध एयरले प्रदेश सरकारको आग्रहमा भ्रमण वर्षलाई लक्षित गर्दै सो सेवा सञ्चालनमा गर्न लागेको जनाएको छ ।

उक्त सेवा सुरु भएपछि प्रदेश १ हुँदै अन्य प्रदेशमा जाने र अन्य प्रदेश हुँदै प्रदेश १ मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको दाबी छ ।

सो सेवा परीक्षणस्वरुप छ महिना सञ्चालन गर्ने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभए सधैं सञ्चालन गरिने उनको भनाई छ । सातामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताए ।

कार्यक्रमा उपस्थित प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध एयरको यो थालनिले सरकारको लक्षलाई सघाउ पुर्‍याउने बताए । सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारको साथ र सहयोग रहने उनको प्रतिबद्धता थियो । प्रदेश १ बाट हवाई सेवा व्यवस्थित बनाउन प्रदेश सरकारले विराटनगर विमानस्थलको सुधारमा लागेको समेत उनको भनाई छ । 

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यो सेवाबाट सेवाग्राहीलाई खर्च पनि कम हुने र गन्तव्यमा पुग्न सजिलो हुने भएकाले ६ महिना मात्रै नभई निरन्तरता र अन्य पहाडी क्षेत्रको उडानमा पनि कम्पनीले ध्यान दिनुपर्ने सुझाव दिए । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले विराटनगरबाट नजिक भारतको विहार प्रान्तको पटनामा मात्र विमानस्थल भएकाले भारतीय नागरिकले पनि यो सेवाबाट प्रसस्त लाभ लिन सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.