सीमान्तकृत समुदायमा नागरिकताकै समस्या

सीमान्तकृत समुदायमा नागरिकताकै समस्या

सिरहा : लहान नगरपालिका १ मटिअर्वाका रामसिस सदाय जेठी छोरी राधा १० वर्षकी भइन् । कान्छी पुनम ७ वर्षकी ।तर, दुवैमध्ये कसैको पनि जन्मदर्ता छैन् । कारण, रामसिसकै नागरिकता छैन् । बुवाको नागरिकता नभएपछि छोरीको जन्मदर्ता बनेन् । उनीहरु विद्यालयमा पढ्न पनि जान सकेनन् । रामसिसको भाइ रामदेवको सदायको पनि समस्या उस्तै छ । 

रामसिस र रामदेवको आमा श्यामवतिको नागरिकता छ । तर, बुवा सुदीलालको छैन् । बिरामीका कारण सुदीलालले नागरिकता बनाएनन् । उनीहरु सम्बन्धित कार्यालयमा नागरिकता लिन जाँदा बुवाको नागरिकता खोजिन्छ। त्यही नभएपछि फर्किन्छन् । अरु उपाय केही नलागेको रामदेवले सुनाए।  

त्यस्तै, लहान नगरपालिका २ की लुरकी सदाय ६७ वर्ष टेक्न आटिन् । उनले अहिलेसम्म नागरिकता पाएकी छैनन्। उनले भनिन्,' नागरिकता पाएको भए समाजिक सुरक्षा भत्ता पाउँथे।'

उनको पति सोमना सदाय नागरिकता नबनाउँदै बिते । लुरकी अहिले छोरी केशमी सदायको घरमा बस्छिन् । छोरीको जन्मदर्ता छैन। 'नागरिकताको फारम भरेर कार्यालय जाँदा पतिको नागरिकता खोज्छ,' उनले भनिन्,' आफूसँग चाहिने प्रमाण छैन् ।'

उनीहरुजस्तै लहान नगरपालिका वडा नम्बर १,२,५,१०,१३,१४,१५ र २४ गरी ८ वटा वडाको सर्वेक्षणमा ५० प्रतिशत सीमान्तृकत समुदायले नागरिकता पाएका छैनन्।उक्त वडाको २४ वटा गाउँवस्तीमा नागरिक सहकार्य मञ्चले गरेको सर्वेक्षणमा १ हजार ३३४ घरपरिवारको १६ वर्षमाथिका ४२६९ जनामध्ये २१६० जनाले नागरिकता नपाएको तथ्यांक छ । जसमा मुसहर समुदायको संख्या बढी छ 

'नागरिकता नहुँदा समस्यै समस्या भोग्नु परेको छ,' लहान १ की पारोदेवी सदायले भनिन, 'जग्गा-जमिन जोड्न सकेको छैन् । सरकारी सुविधाबाट बञ्‍चित छौँ । छोराछोरी पढाउन सकेको छैनौं।'

उनको माइतमा बुवाआमा सानै उमेर बिते। बुवाआमा नागरिकता नहुँदा उनको नागरिकता बनेको छैन् । पारोको नागरिकता नभएकै कारण उनका छोरी पूजा र तुलसी पढ्न सकेनन् । जन्मदर्ता छैन् ।

ज्याला मजदुरी गरी गुजारा चलाउने उनीहरुलाई कार्यालय पटक पटक धाउनुपर्दा झन्झटिलो भएको सुनाउँछन् । 'मजदुरी गरी कमाएको पैसा आउजाउमै सकिन्छ । नागरिकता बन्दैन्। रामदेवले भने, 'कार्यालयमा अनेक प्रमाण खोज्छन्। हामीले प्रमाण जुटाउनै सक्दैनौँ ।'

मुसहर समुदायमा बसाइ सराइ, बिहेपछि ससुरालीमै बस्ने चलन र पुरुष नागरिकता बनाएर बिदेसिने तर, महिलालाई नागरिकता नबनाइदिने कारणले यो समस्या बढ्दै गएको उनले सुनाए। 

नागरिकता नपाएका सन्तानलाई पनि विद्यालयले भर्ना लिने गरेको मेयर मुनि साहले बताइन्।'विद्यालयमा जन्मदर्ता नभएका दलित समुदायका बालबालिकालाई पनि पढाउने गरेका छौँ,' उनले भने, 'नागरिकता समस्याका कारण धेरै बालबालिकाले जन्मदर्ता बनाउन सकेका छैन् । त्यही भएर ती समुदायको हकमा हामीले विद्यालयमा नामांकन गराउन जन्मदर्ता अनिवार्य गरेका छैनौँ ।'

दलित समुदायलाई नागरिकता बनाउन सहज गर्न वडा अध्यक्षलाई निर्देशन दिएको मेयर साहले बताए । तीन पुस्ते प्रमाण, वडा कार्यालयको सिफारिसमा नागरिकता दिने गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.