भालुको आक्रमणबाट शिक्षक घाइते

भालुको आक्रमणबाट शिक्षक घाइते

ओखलढुंगा : विद्यालय जाँदै गरेकी शिक्षिका भालुको आक्रमणमा परी घाइते भएकी छन्। चिशंखुगढी गाउँपालिका–७ माम्खाकी ३७ वर्षीया शिक्षिका मिछोकी शेर्पा घाइते भएकी हुन्।

बुधबार बिहान ९ः४५ बजे सिद्धिचरण नगरपालिका-५ सानीटारबाट कालिका आधारभुत विद्यालय सोलाघर जाने क्रममा बाटोमा शेर्पालाई आक्रमण गरेको घाइतेका आफन्त फुरग्याजे शेर्पाले जानकारी दिए। 

भालुको आक्रमणमा परी शिक्षिका शेर्पाको टाउको र छातिमा गहिरो चोट लागेको छ। उनको माम्खा स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि सदरमुकामस्थित सामुदायिक अस्पतालमा ल्याइएको छ। 

उनलाई अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। शिक्षिका शेर्पाको घरबाट विद्यालय करिब दुई घन्टाको दुरीमा पर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.