प्रदेश राजधानीको बसपार्क अस्तव्यस्त

प्रदेश राजधानीको बसपार्क अस्तव्यस्त

जनकपुरधाम : जनकपुरधाम प्रदेश २ को राजधानीको रूपमा स्थापित भएदेखि यहाँ काम विशेष र पर्यटकीय घुमघामका लागि आउनेको चाप बढेको छ। तर राजधानीको एकमात्र रामजानकी दुलाहा बसपार्क व्यवस्थित नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन्।

दैनिक हजारौं यात्रु आवत–जावत गर्दै आएको डेढ दशक पुरानो बसपार्कलाई व्यवस्थित बनाउन जनकपुरधाम उपमहानगरपालिका र बस व्यवसायी संघले खासै चासो लिएको छैन। बसपार्कको मुख्यद्धारमै जथाभावी फोहोर थुपारिएको र खुल्ला नालाहरूले जनकपुर आउनेको अनुभव नकारात्मक हुने गरेको छ।

बस व्यवसायी संघले गुठी संस्थानसँग २०५७ सालमा स्थानीय बेलाकुटीको चार बिघा जग्गा लिजमा लिएर बसपार्क सञ्चालनमा ल्याएको हो। बसपार्क सञ्चालनवापत संघले गुठी संस्थानलाई ३० हजार वार्षिक शुल्क तिर्ने र सो शुल्कमा प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हँुदै जाने सम्झौता गरिएको छ। तर १५ वर्षदेखि सञ्चालनमा आएको बसपार्क अझै अस्तव्यस्त छ। लामो तथा छोटो दुरीका दैनिक ८ सय यात्रुबाहक बस यहाँबाट सञ्चालित छन्।प्रतिदिन ५ हजारभन्दा बढी यात्रु आवत–जावत गर्दै आए पनि बसपार्कमा खानेपानी, शौचालय, प्रतीक्षालय र टिकट काउण्टरलगायत न्यूनतम सेवा सुविधासमेत छैन। ‘बसपार्क सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सरकारको हो’, जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन्, ‘अहिलेसम्म हामी व्यवसायीले बसपार्क चलाउँदै आएका छौं। सरकारले यसमा दायित्वसमेत निर्वाह गरेको छैन।’

यात्रुको अत्याधिक चाप रहेको बसपार्कलाई व्यवस्थित बनाउन ३२ करोडको लागतमा टर्मिनल भवन, ट्रयाक, नाला र पार्किङ ग्यारेज निर्माणका लागि दुई वर्षअघि ठेक्का लगाउने प्रकृया सुरु भएको थियो। तर ठेक्का प्रक्रियामै कुरो नमिल्दा काम अघि बढ्न सकेन। ‘अब आन्तरिक स्रोतबाट भए पनि बसपार्कलाई व्यवस्थित बनाउने छु’, उपमहानगरपालिका प्रमुख लालकिशोर साहले भने, ‘यात्रुमैत्री र सेवासुविधा सम्पन्न बसपार्क निर्माणका लागि हामीले पहल थालिसकेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.