कञ्चनपुरमा एक युवकको हत्या

कञ्चनपुरमा एक युवकको हत्या

महेन्द्रनगर : कञ्चनपुरमा बिहीबार एक युवकको हत्या भएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिका-३ दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ गोबरैयामा उनको सामूहिक रुपमा कुटपिट गरी हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले कुटपिटबाट हत्या भएको हुनसक्ने बताए । प्रवक्ता चन्दले भने 'भीमदत्त नगरपालिकाको गोबरैयामा झगडा भएको बुझिएको छ । सोही क्रममा हत्या भएको प्रारम्भिक अनुमान छ ।'

घाइते दीपकको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो । अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा शंस्कापद दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.