धनगढीमाई नगरपालिका कार्यालय अगाडी शंकास्पद झोला फेला
सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयको ढोका अगाडी शुक्रबार बिहान शंकास्पद झोला फेला परेको छ। नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्षको रहेको भवनको मुल ढोका अगाडी उक्त झोला फेला परेको हो।
झोला फेला परेको स्थानमा अहिले प्रहरी र नेपाली सेनाले घेरा हालेका छन्। झोलामा बम हुन सक्ने आशंका गरिएको छ। सेनाको टोलीले झोलालाई केरकार गरिरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले घटनास्थलबाट जानकारी दिए।