जनकपुर आइपुगे जन्ती

जनकपुर आइपुगे जन्ती

जनकपुर : सीताको माइती जनकपुरमा रामको जन्ती अयोध्याबाट आइपुगेको छ । त्रेता युगमा जोडिएको ऐतिहासिक वैवाहिक सम्बन्धलाई भव्यताका साथ निरन्तरता दिन रामको जन्ती मिथिलानगरी आइपुगेको हो । हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भए अनुसार त्रेता युगमा अयोध्यानरेश दशरथका छोरा राम र मिथिलानरेश जनककी छोरी सीताको विवाह भएको थियो ।

त्यस सम्बन्धलाई हालसम्म पनि जनकपुरमा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सवको रूपमा मनाउने गरिन्छ । भारतको अयोध्याबाट मंसिर ५ गते नै पाँच सयको संख्यामा रामको जन्तीसहित हिँडेको साधुसन्तको टोली बिहीबार जनकपुर पुगेको हो । जन्तीलाई नेपालमा मठिहानी, जलेश्वर र पिपराका स्थानीयले भव्य स्वागत गरेका थिए ।

जनकपुर प्रवेश गर्दा जन्तीको स्वागत धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सुरक्षा निकायका प्रमुखहरूले गरे । नगरपरिक्रमा गरि जानकी मन्दिर पुगेको रामको जन्तीलाई मन्दिरमा भव्य स्वागत गरियो । मन्दिरका महन्थ रामतपेस्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायत यस क्षेत्रका गनमान्य व्यक्तित्वहरु जन्तीको स्वागतमा उभिएका थिए । सबैले फूलमाला लगाएर स्वागत गरेका थिए ।शुक्रबार स्थानीय रंगभूमि मैदानमा विशेष कार्यक्रमकाबीच रामको जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने तयारी गरिएको छ । राष्ट्रपति भण्डारी शुक्रबार जनकपुर आउने जनाइएको छ । रामसीता वैवाहिक कार्यक्रम अन्तर्गत बिहीबार रंगभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको छ । शुक्रबार तिलकोत्सव, शनिबार मटकोर र आइतबार मुख्य विवाह समारोह हुने उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।

रंगभूमि मैदानमा राम र सीताको स्वंम्वर गराइ भव्यताका साथ जानकी मन्दिरमा बनाइने मंडपमा विवाह हुने दासले जानकारी गराएका छन् । रामसीताको विवाहमा सहभागी हुन देशविदेशबाट हजारौंको संख्यामा दर्शनार्थीहरू जनकपुर आइपुगेका छन् ।

स्थानीय सबै धर्मशाला, मठमन्दिर, होटल र लजहरु पर्यटकले भरिभराउ छन् । महोत्सवलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासनले विशेष सुरक्षा सतर्कता अपनाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.