पिपरा गाउँपालिकामा मतदान सुरु
जनकपुरधाम : महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि उपनिर्वाचन सुरु भएको छ । पिपरा गाउँपालिकामा २४ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिइन् ।
निर्वाचनमा सर्वसाधारणको उत्साहजनक सहभागिता भइरहेको उनले बताईन् । ‘बाक्लो हुस्सु र कुहिरो लागेको छ तर, पनि मतदाताहरु बिहानैखि मतदान केन्द्रमा आइरहेका छन् ,’ झाले भनिन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित अध्यक्ष विनोद चौधरीको मृत्युपछि हुन लागेको गाउँपालिका अध्यक्षका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।