सीताराम विवाह महोत्सवको रौनक

सीताराम विवाह महोत्सवको रौनक

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अहिले सीताराम विवाहपञ्चमी महोत्सव चलिरहेको छ । महोत्सवका कारण जनकपुरको जानकी मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। 

अयोध्यानरेशका छोरा राम र मिथिलानरेशकी छोरी सीताबीच त्रेतायुगमा गासिएको वैवाहिक सम्बन्धलाई महत्व दिँदै जनकपुरमा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ ।

महोत्सवअन्तर्गत आइतबार (आज) राम र सीताको वैवाहिक कार्यक्रम छ। वैवाहिक कार्यक्रममा सहभागी हुन भारतबाट समेत हजारौं दर्शनार्थी जनकपुर आएका छन् ।  विवाहपञ्चमी महोत्सवअन्तर्गत बिहीबार धनुषयज्ञ, शुक्रबार तिलकोत्सव र शनिबार मटकोर विधि सम्पन्न भइसकेको छ । रंगभूमि मैदानमा राम र सीताको स्वयम्वर हुनेछ । स्वयम्वरपछि विवाह मण्डपबाट राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न गरिनेछ ।

वैवाहिक कार्यक्रमका लागि दुबै पक्षले छुट्टाछुट्टै तयारी गरेका छन् । विवाहका लागि गत बिहीबार नै रामको जन्ती अयोध्याबाट जनकपुर आइपुगेको थियो । वैवाहिक महोत्सवका लागि जानकी मन्दिर क्षेत्रलाई बेहुलीझै सिंगारिएको छ । देशविदेशबाट आएका दर्शनार्थीको घुइँचोका कारण यतिबेला जानकी मन्दिर वरपरको क्षेत्रमा रहेको धर्मशाला, मठमन्दिर, होटल भरिभराउ छन् । दर्शनार्थीको घुइँचोसँगै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.