धरानमा कांग्रेस नेकपाभन्दा ४२३ मतले अगाडि

धरानमा कांग्रेस नेकपाभन्दा ४२३ मतले अगाडि

धरान : धरान उपमहानगरपालिकाको मेयर पदकाका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवारले झिनो मतले अग्रता बनाएका छन्। 

पछिल्लो मतगणना अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म ६ हजार ८५७ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ६४२३ मत प्राप्त गरेका छन्। काग्रेसका उम्मेदवारले नेकपाका उम्मेदवारलाई चार सय २३ मतले पछाडि पारेका हुन्। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म वडा नम्बर १६, १७, १८, १९ र २० को मतगणना सकिएको छ। 

धरान उपमहानगरपालिकामा कुल मतदाताको संख्या ९२ हजार ८ सय ५३ रहेको छ। जसमध्ये ४३ हजार ४८२ पुरुष र ४९ हजार ३७१ महिला मतदाता रहेका छन्। शनिबारको उपनिर्वाचनमा धरानमा ५५ हजार एकसय ६३ मतदाताले मत खसालेका छन्। जसमा महिलाको संख्या २९ हजार ८२९ छ भने २५ हजार ३ सय ३४ पुरुषले मतदानमा भाग लिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए। 

कांग्रेस र नेकपाबीच प्रतिस्पर्धा भइरहदाँ तेस्रो नम्बरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बु रहेका छन्। उनले १६४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार हर्कराज राईले १५४ मत ल्याएका छन्। धरानका मेयर तारा सुब्बाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। २० वडा रहेको धरानका २८ मतदान स्थलमा ९९ निर्वाचन केन्द्र निर्धारण गरिएको हो। 

२०७५ साउन १ गते धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुब्बाको निधन भएको थियो। सुब्बाले कांग्रेस उमेद्वार तिलक राईलाई पराजित गरी मेयरमा निर्वाचित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.