गढीमाई मेलामा पत्रकारलाई निषेध, पर्खालको प्वालबाट फोटो खिच्दै

गढीमाई मेलामा पत्रकारलाई निषेध, पर्खालको प्वालबाट फोटो खिच्दै

बरियारपुर : पञ्चवर्षीय गढीमाई मेलामा मंगलबारदेखि पशुबली सुरु भएको छ। महागढीमाई नगरपालिका १ स्थित बरियारपुरमा रहेको गढीमाई मन्दिर क्षेत्रको ब्रम्हस्थानमा पञ्‍चबली दिएसँगै पशुबली सुरु भएको हो । 

पशुबली भइरहँदा सञ्चारकर्मीलाई भने फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ।  

माथिको आदेश भन्दै गढीमाई मन्दिरको ब्रम्हस्थानमा भएको पञ्चबली र बधशालामा भएको रांगा बलीको फोटो खिच्न पत्रकारलाई अनुमति दिइएको छैन। पत्रकार छिर्न पाउँदैनन् भन्दै बधशालाको गेटबाटै मेला समिति र सुरक्षाकर्मीले फर्काउँदा सञ्चारकर्मी निराश देखिएका थिए । 

पञ्चबलीको दृश्य खिच्न खोज्ने पत्रकारलाई मेला समितिका पदाधिकारी र सदस्यले दुब्र्यवहार समेत गरेका छन् । बलीको दृश्य खिच्ने पत्रकारलाई लछारपछार र लाठी समेत प्रहार भएको थियो । लाठी प्रहारबाट फोटो पत्रकार निभेष चित्रकारको क्यामराको लेन्समा क्षति पुगेको छ। 

मेला समितिले अनुमति नदिएपछि पत्रकारले पर्खाल बाहिरबाट फोटो र भिडियो खिच्ने प्रयास गर्दा समेत रोक लगाइएको थियो । प्रवेशमा रोक लगाएपछि केही पत्रकारले पर्खालमा रहेको प्वालबाट फोटो र भिडियो खिचेका थिए भने केही फर्किएका थिए । 

मेला समितिले बधशालाको पर्खालमा काडेतार लगाएपछि बलीको दृश्य हेर्न मेलामा आएका भक्तालुले समेत हेर्न पाएनन् । अघिल्ला मेलामा पत्रकारलाई पञ्चबली र पशुबलीको दृश्य खिच्न कुनै अवरोध नगरेको मेला समितिले यसपटक बैठक नै बसेर पत्रकारलाई फोटो र भिडियो खिच्न नदिने निर्णय गरेको थियो । 

तर, मन्दिरलगायत अन्य क्षेत्रमा कुनै रोकतोक नलगाएको मेला समितिले बलीको दृश्य खिच्न भने प्रतिबन्ध लगाएको हो ।
 
पशुबलीअन्तर्गत पहिलो दिन रांगा र दोस्रो दिनदेखि बोकाको बली दिने गरिन्छ।धार्मिक विधिअनुसार सेतो मुसा, कुखुरा, बोका, सुंगुर र रांगाको पञ्चबली दिएपछि रांगाको बली सुरु भएको थियो । 
 
मंसिर १ गतेदेखि सुरु भएको एक महिने गढीमाई मेलामा सोमबादेखि दर्शनार्थीको घुइँचो बढेको छ । बलीको समयमा दसौं लाख भक्तालुको भीड् लाग्ने गरेको छ। भीड बढेसँगै मेलाको सुरक्षा व्यवस्थापन कडा पारिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.