जलवायु परिवर्तनको असर बूढाबूढी र बालबालिकामा

जलवायु परिवर्तनको असर बूढाबूढी र बालबालिकामा

अहिले जलवायु परिवर्तन विश्वको सबैभन्दा ठूलो समस्या बनेको छ। वैज्ञानिकले आउने समयमा स्थिति झन् भयावह हुने बताएका छन्। अनुसन्धानका अनुसार जलवायु परिवर्तनका कारण विशेषगरी बालबालिका र बूढाबूढीको स्वास्थ्यमा यसको गम्भीर असर देखिनेछ।

विश्वको तापमान बढ्नाले घातक किसिमका ब्याक्टेरिया बढ्ने, अन्नको उत्पादनमा पनि कमी आउने र मानिसमा कुपोषणको समस्या पनि बढ्ने खतरा देखिएको छ। अमेरिकामा हालै सार्वजनिक गरिएको एक रिपोर्ट ‘द ल्यानसेट काउन्टडाउन अन हेल्थ एन्ड क्लाइमेट चेन्ज’ ले यस्तो देखाएको छ।

रिपोर्टमा जलवायु परिवर्तन, योजना र स्वास्थ्यलगायतका प्रमुख पाँच मुद्दामा जोड दिइएको छ। द ल्यानसेट काउन्टडाउनमा विश्व बैंक र अन्य ३५ वटा संघ संस्थाका एक सय २० विशेषज्ञ समावेश दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.