चिकित्सा शुल्क समायोजनबारे अध्ययन गर्न कार्यदल गठन

चिकित्सा शुल्क समायोजनबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं : मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन भएको छ। एमबीबीएस र बीडीएस कार्यक्रमका लागि मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गराउन बिहीबार चिकित्सा शिक्षा आयोगले कार्यदल गठन गरेको हो।

आयोगका योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकतवमा ५ सदस्यको कार्यदल गठन भएको आयोगले जनाएको छ। यसअघि शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति अनुसार अतिरिक्त शुल्क कसरी समायोजन गर्न सकिन्छ भन्ने विषयमा छलफल, अध्ययन तथा छानविन गरि सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। 

शुल्क समायोजन गर्ने विषयमा सरकार र कलेज सञ्चालकबीच सहमति भएको थियो। सहमति अनुसार शैक्षिक वर्ष २०७४/७५ र ७५/७६ मा सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरु फिर्ता वा समायोजन गर्न तयार भएका थिए। दुबेै शैक्षिक वर्ष मेडिकल कलेजले बैकिङ प्रणालीबाट विद्यार्थीबाट रकम लिएका थिए।

त्यस्तै शैक्षिक वर्ष २०७२/७३ र २०७३/७४ का लागि सम्बन्धित विश्वविद्यालयसँगको समन्वयमा अध्ययन गरि अतिरिक्त शुल्क लिएको वा नलिएको विषयमा चिकित्सा शिक्षा आयोगबाट अध्ययन गरेर आवश्यक निर्णय लिने सहमति भएको थियो। शैक्षिक वर्ष २०७६/७७ को लागि भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क अनुसार विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने तथा अन्य वर्षका लागि वैज्ञानिक ढंगबाट शुल्क निर्धारण गरिने सहमतिमा उल्लेख थियो।

तर, उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत विद्यार्थीले भने संघर्षलाई जारी राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.