सीमा विवादको पत्र भारत पुग्यो, जवाफ आउन बाँकी : प्रचण्ड (भिडियो)
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सीमा विवादको विषयमा भारतलाई सरकारले पत्र पठाइसकेको बताएका छन्। बिहीबार धनगढी पुगेका प्रचण्डले नेपालबाट पठाएको पत्रको जवाफ भारतबाट नआएको बताएका हुन्।
उनले हालै भारतीय पूर्व परराष्ट्र सचिव श्यामसरण नेगीले दिएको अभिब्यक्ति उनको दृष्टिदोष भएकोसमेत प्रतिक्रिया दिए। 'श्यामसरण जस्तो परिपक्व कुटनीतिज्ञले कालापानी र लिपुलेकको मुद्धा नेपालमा रानीतिकरण गरिएको भनेर दिएको अभित्तब्यक्ति उनको दृष्टिदोष हो', प्रचण्डले भने।