काउन्सिलमा भारतीय कला

काउन्सिलमा भारतीय कला

काठमाडौं : अर्पितम कला मन्दिर वेस्ट बंगालमा संग्लन भारतीय कलाकारले बनाएका चित्रको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा गरिएको छ। अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपालको सहकार्य र अर्पितम कला मन्दिरको आयोजनामा उक्त प्रदर्शनी सञ्चालन भएको हो।

नेपाल आर्ट काउन्सिल कलाकारको जमघट भइरहने स्थान हो। कलाकारितामा सक्रिय कलाकारको समूहले यहाँ कहिले पर्फम आर्ट देखाउँछन् त कहिले चित्र प्रदर्शन गर्छन्। कहिले कलाकारिताको गरमागरम बहस चल्छ त कहिले विश्व कलाको चर्चा, परिचर्चा र गोष्ठी सञ्चालन हुन्छ।

यही आर्ट काउन्सिलको प्रांगणमा कलाकारको चहलपहल छ। नेपालमा पहिलो पटक आएका भारतीय कलाकार नेपालका विभिन्न विषयको चर्चा, कलाकारीको इतिहास र यहाँको कलाकारसँग प्रत्यक्ष भलाकुसारीमा व्यस्त देखिन्थे। केही चित्रकारको नेपाल भम्रण भने यसअघि पनि भएको थियो। नेपाली कलाकारको सहयोग, दर्शकको आगमन र आफ्ना चित्रको बिक्रीबाट उनीहरू दंग देखिन्थे।

भारतीय कलाकारहरू उत्तम मन्ना, तपस दास, गौतम दास, अर्जित सरदार, उहारञ्जन मण्डल, अर्नब सरदार, सौरभ भान्जा, गोपिन्द्र कुमार आनन्द, सौरभ घोष, संगीता कुमारीलगायतको सहभागिता छ।

प्रदर्शनीमा गेस्ट आर्टिस्टका रूपमा अमेरिकी कलाकार जिम म्याथ्यु, बंगलादेशकी मफुजा ब्युटी, जर्मन महसा इस्पुरका चित्र पनि समावेश छन्। नेपाली चित्रकारहरू दीपेन्द्रमान बनेपाली, डीबी राई र विनोदकुमार    श्रेष्ठका चित्र पनि समेटिएको छ। प्रदर्शनीमा चार दर्जन बढी चित्र समावेश छन्। दृश्य चित्र, भारतीय संस्कृति जनाउने परम्परागत चित्र, आधुनिक कन्टेमपोररी चित्र कलाकारले समेटेका छन्।

भारतमा बसेर कलाको क्षेत्रमा काम गरिरहेका चित्रकार गौतम दासले भारतीय कलाकारको नेतृत्व गरेका छन्। अर्पितम कला मन्दिरका फाउन्डरसमेत रहेका दास भारतीय प्रहरी सेवामा संग्लन छन्। आफ्ना छोरा अर्पितको केही वर्षअघि क्यान्सरका कारण मृत्यु भएपछि दासको परिवारले उनकै सम्झनामा कला मन्दिर स्थापना गरेका थिए।

प्रदर्शनीमा गौतमले आधुनिक राधा कृष्णलाई चित्रमार्फत देखाउने प्रयास गरेका छन्। चित्रमा हाफ पाइन्ट मात्रै लगाएकी बालिका नदीको किनारमा हिँडिरहेकी छे। एक बालक नदीमा बगिरहेको फोहोर टिपेर खेलौनाको रूपमा खेलिरहेको छ। दासका अनुसार आधुनिक राधाकृष्ण कोक खान्छन्, मिनरल वाटर खान्छन् र नदीमा प्लास्टिक फाल्छन्। उनीहरूबीचको माया पनि कच्चा खालको छ। अचेलका बच्चा सानैदेखि नै प्रेमसम्बन्धमा रहने गरेका छन्।

उनले कन्टेमपोररी आर्टको माध्यमबाट बालबालिकाबीचको फिलिङ चित्रमा उतारेको बताए। यस्तै अमेरिकी जिम म्याथ्युले परम्परागत काठको सानो घरलाई चित्रमा उतारेका छन्। चिटिक्क परेको घरछेउमा राताम्मे फुलेको फूलले चित्रलाई आकर्षक बनाएको छ। जर्मन कलाकार महसा इस्पुरले कुखुरालाई चारो दिँदै गरेकी महिलाको हतारको पोज चित्रमा उतारेकी छन्।

विजय मल्लिकले नदीको छेउमा काठको पिल्लर भएको सुन्दर घरको चित्र कोरेका छन् भने ईशानी दासले उल्लुका दुई बचेरालाई कलात्मक आकार दिएकी छन्। अर्जित सरदारले गौतम बुद्धलाई चित्रमा कोरेका छन् भने अर्चना मुखर्जीले मन्दिर छेउको दृश्य, त्रिशूल र गजुर बनाएर रंग भरेकी छन्। यो प्रदर्शनी एक साता चलेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.