सुदूरपश्चिम महोत्सव सुरु

सुदूरपश्चिम महोत्सव सुरु

धनगढी : सुदूरपश्चिमको आर्थिक विकासका लागि १४ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव आइतबार सुरु भएको छ। महोत्सवको नेकपाका नेता भीम रावलले उद्घाटन गरेका छन्।

विकास क्षेत्रीय संरचना हुँदा केन्द्र सरकारले बजेटमा पनि विभेद गर्ने र सुदूरपश्चिमको उपेक्षा गरेको भन्दै आर्थिक आन्दोलनका रूपमा २०६३ सालदेखि प्रत्येक वर्ष महोत्सव हुँदै आएको छ। महोत्सवका माध्यमबाट २१ बुँदे मागसँगै २१ किलोको माला लगाएर व्यसायीले यसलाई आन्दोलनकै रूपमा अघि बढाएका छन्।

रावलले सुदूरपश्चिमको आर्थिक विकासका लागि धनगढी गौरीफन्टा नाका अति आवश्यक रहेको बताए। भारतले यो नाकामा उसको, दुधवा राष्ट्रिय निकुञ्ज पर्ने भन्दै यसको विकल्प हेर्न भनिरहेको छ। भारतले दुधवा नेसनल पार्कको कुरा गरेर, विकल्प खोज्न भने पनि यो नाका बन्द नहुने उनले बताए।

‘भारत असल छिमेकी हो भने उसले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि सहमति गर्नुपर्छ, सुदूरपश्चिम प्रदेशका लागि यो नाका महत्त्वपूर्ण हो’, उनले भने। कार्यक्रममा, सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले, सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेश सरकार पनि गम्भीर नहरेको आरोप लगाए। उनले सुदूरपश्चिममा जडीबुटी, पर्यटन र धार्मीक पर्यटनको प्रचुर सम्भावना भएकाले प्रदेश सरकारले योजना बनाएर प्रदेशको आर्थिक विकासका लागि लाग्नुपर्ने बताए।

‘हिजोको दिनमा केन्द्रीय सत्ता थियो, हामीले उपेक्षा गरेको आरोप लगाउँदै आयौं, अब विकासका लागि स्थानीय तह र प्रदेश सरकारलाई पनि कानुन निर्माणदेखि बजेटको व्यवस्था छ, अब हामीले कसैलाई दोष दिन पाउदैनौं’, उनले भने।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्री, उद्योग वाणिज्य महासंघका पदाधीकारीले पनि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सुदूरपश्चिमको भेषभुषा झल्किने झाँकी पनि प्रस्तुत भएका थिए।

तीन सय स्टल राखिएको महोत्सव पुस २ गतेसम्म चल्नेछ भने महोत्सवमा तीन लाखले अवलोकन गर्ने आयोजक कैलाली उद्योग वाणिज्य संघको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.