प्रदेश सरकारका योजनामा अख्तियारको छानविन

प्रदेश सरकारका योजनामा अख्तियारको छानविन

जनकपुरधाम : प्रदेश-२ सरकारका योजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। आठवटा जिल्लामा वितरण भएका योजनाहरु कार्यान्वयन भएनभएको बारे अख्तियारले अनुसन्धान थालेको थालेको हो। 

मंसिर ९ गते अन्नपूर्ण पोष्ट्मा प्रकाशित ‘काम नगरी बिलको चाङ्ग’  शिर्षकको समाचारलाई उजुरीको रुपमा ग्रहण गर्दै अख्तियारले छानविन थालेको प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए। 

‘समाचारमा उल्लेख भएअनुसार प्रारम्भिक रुपमा बुझ्दा योजनाहरुमा भ्रष्टाचार भएको जस्तो लागेको छ’, प्रवक्ता कोइरालाले भने,‘यही कारण अनुसन्धान प्रक्रियाअघि बढाइएको हो।’ 

प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुबाट वितरण गरिएका ८ सय ४२ वटा योजना मध्ये ५ सय ९० वटाको रकम हालसम्म पनि निकासा भएको छैन। उपभोक्ता समितिमार्फत् भएका कामहरुमा ९० करोड भन्दा बढि रकम भुक्तानी हुन बाँकी छ। 

अख्तियारले योजना बाँडफाँड गर्ने मन्त्रालयहरुलाई मंसिर १९ गते नै पत्राचार गरि अनुसन्धान प्रकृयाअघि बढाएको छ। अख्तियारले मन्त्रालयहरुलाई पठाएको पत्रमा लेखिएको बेहोरामा प्रतिकृयासहित आवश्यक कागजात उपलब्ध गराइदिन उल्लेखित छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.