मानव विकास प्रतिवेदन सार्वजनिक

मानव विकास प्रतिवेदन सार्वजनिक

धनगढी : यूएनडीपीले प्रकाशित गरेको ‘मानव विकास प्रतिवेदन २०१९’ को सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमका लागि विमोचन गरेका छन्। संघीय राजधानीमा अर्थमन्त्री र प्रदेशका राजधानीमा मुख्यमन्त्रीले एकै साथ ‘मानव विकास प्रतिवेदन २०१९’ को विमोचन गरेका, यूएनडीपी सुदूरपश्चिम क्षेत्रीय कार्यालयका प्रमुख वैजयन्ती गिरी सिंहले बताइन्।

धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टले ‘मानव विकास प्रतिवेदन २०१९’ को विमोचन गरेका हुन्।  प्रतिवेदनबाट प्रदेश सरकारलाई नीति बनाउन धेरै तथ्यांक काम लाग्ने बताए।

‘आम्दानी भन्दा व्यापक, औषत भन्दा व्यापक र आजभन्दा पनि व्यापक, २१ औं शताब्दीमा पनि मानव विकासमा असमानता किन ?’ भन्ने नाराका साथ यूएनडीपीले ‘मानव विकास प्रतिवेदन २०१९’ तयार पारेको हो। प्रतिवेदनले अझै पनि समाजमा महिला पुरुष, धनी गरिब, शिक्षित अशिक्षत गरी हरेक क्षेत्रमा असमानता रहेको प्रस्तुत गरेको छ।

कार्यक्रममा यूएनडीपीका लैंगिक तथा सामाजिक समावेशीकरण सल्लाहकार बिन्दा मगरले, ‘मानव विकास प्रतिवेदन २०१९’ ले नेपालका बारेमा बोलेका तथ्यांक प्रस्तुत गरेकी थिइन्। प्रतिवेदनले सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचाङ्क मूल्य ०.३८० देखि ०.५७९ वृद्धि भएको देखाएको छ। यो भनेको देश मध्यम मानव विकास सूचाङकको श्रेणीमा पर्ने लैंगिक तथा सामाजिक समावेसिकरणका सल्लाहकार विन्दा मगरले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.