खल्लाबासीलाई भारतकै भर

खल्लाबासीलाई भारतकै भर

महेन्द्रनगर : भीमदत्तनगरपालिका–९ मा स्थानीय किनमेलका लागि भारतीय बजार पुग्छन्। जिल्लाकै दुर्गम क्षेत्र मानिने खल्ला, टुँडिखेल र मसेट्टीका नागरिक दैनिक उपभोग्य वस्तु खरिदका लागि भारतीय बजारकै भरमा छन्। यस क्षेत्रमा बसोबास गर्ने सबै नागरिक विपन्न छन्।

सडक सञ्जाल नहुँदा नेपाली बजार आउनेको साटो उनीहरू भारतीय बजार जान्छन्। यस ठाउँमा न गुणस्तरीय विद्यालय छन् न समयमै उपचार गर्ने अस्पताल नै। बिजुली त उनीहरू सीमा पारी बलेका बत्तीको उज्यालो हेर्दै चित्त बुझाउँछन्।

आधारभूत तहको एउटा मात्रै विद्यालय छ। नेपाल टेलिकमको नेटवर्कको पहुँच नभएका कारण यहाँ नागरिक भारतीय सिमकार्ड नै प्रयोग गर्छन्। ‘दिउँसो गाउँ नै सुनसान हुन्छ, सबै मजदुरी गर्न भारतीय बजार टनकपुर वा महाकालीको बगरमा बालुवा छान्न जान्छौं,’ स्थानीय पदम सार्कीले भने, ‘हाम्रो त नेपाली नागरिकता मात्रै हो, सुविधा केही छैन।’

स्थानीय महिलाहरू महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्नमा व्यस्त हुन्छन्। पुरुष सबै मदुरीका लागि भारत जाने गर्छन्। २०७० सालमा महाकाली नदीमा आएको बाढीले जमीन बगर बनाएपछि यहाँका नागरिकलाई दुइ छाकको खाना जोहो गर्न पनि मुस्किल छ।

‘थोरै उब्जनी हुने खेत थियो, त्यो पनि सबै बाढीले बगायो,’ अर्की स्थानीय विमला महताले भनिन्, ‘मजदुरी गर्न कहिले टनकपुर त कहिले महाकालीको बगर रोज्नुपर्छ।’ हिउँदको समयमा यहाँका सयौं स्थानीय महकालीको बगरमा गिट्टी/बालुवा छानेर जीवीकोपार्जन गर्दै आएका छन्। अरु बेला सीमावर्ती सहर टनकपुरमा मजदुरीको लागि जान्छन्।

‘खाद्यान्नदेखि लत्ताकपडा सबै भारतबाटै ल्याउँछौं,’ महताले थपिन्, ‘ब्रह्मदेव जान पनि बाटो थिएन, दुई घण्टा जंगलको बाटो हिड्नुपथ्र्यो, एक्लै जान डर लाग्थ्यो।’ भएको थोरै खेतबारी पनि सिँचाई नहुँदा बाझै रहेको उनको भनाइ छ। स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकाले यहाँसम्म पुग्ने बाटो खोली दिएपछि थोरै भए पनि सहजता भएको स्थानीयको भनाइ छ।

तर सार्वजनिक सवारी भने सञ्चालनमा छैनन्। नेपाली बजार ब्रम्हदेव पुग्न पनि घण्टौं पैदल हिँड्नुपर्छ। बस्तीमा मावि स्तरको विद्यालय नहुँदा यहाँका विद्यार्थीहरू दैनिक ६ किलोमिटर हिडेर ब्रह्मदेव विद्यालय पुग्ने गरेका छन्। विद्यालय टाढा हुँदा अधिकांशले आधारभूत तहबाटै माथिको शिक्षा लिन पाउँदैनन्। नजिकै शिक्षा लिने ठाउँ नभएको र खर्च जुटाउन मजदुरीको विकल्प नभएपछि आठ कक्षा पढेपछि नै रोजगारीका लागि कालापहाड हान्छिन्।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले खल्लामसेट्टीमा पूर्वाधार विकासँगै सवारी साधनको पहुँच बनाउन पहल भइरहेको बताए। उनले खल्लासम्म कच्ची सडक विस्तार गरिसकेको बताउँदै थप सडक विस्तारका लागि नगरपालिकाबाट डोजर ल्याएर केही दिनभित्रै काम सुरु गर्ने बताए। खल्लामसेटी र टुडीखेलमा दुई सय ७० परिवारको बसोबास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.