हात्तीको आक्रमणबाट एकको मृत्यु, ४ घाइते

हात्तीको आक्रमणबाट एकको मृत्यु, ४ घाइते

महेन्द्रनगर : कञ्चनपुरको महाकाली नगरपालिका-२ मा रहेको मायापुरी सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जंगली हात्तीको आक्रमणबाट महाकाली नगरपालिका-२ की ३८ वर्षीया वसन्ती भट्टको मृत्यु भएको हो। बुधबार बिहान घाँस काट्न जंगल गएका उनीहरुलार्इ जंगली हात्तीको बथानले आक्रमण गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले हात्तीको आक्रमणबाट स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र शुशिला बम घाइते भएका छन्। जंगलमा हराइरहेका एक जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.