सागमा नपड्किएको पटाकाले खोस्यो राउत परिवारको खुसी

सागमा नपड्किएको पटाकाले खोस्यो राउत परिवारको खुसी

जनकपुरधाम : जनकपुरमा मंगलबार मात्र सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) उद्घाटनका बेला नपड्किएको पटाकाले एक परिवारको खुसी लुटेको छ।

उद्घाटनका बेला जनकपुरधाम उपमहानगरपालिका -१३ स्थित कबर्ड हलनजिकै नपड्किएको पटाका एकजना बालकले घरमा लगेर खेलाउँदा विस्फोट हुँदा ज्यान गएको छ। गम्भीर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको हो। 

कुस्ती खेल भएको जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कबर्ड हलनजिकै घर भएका सोभित राउत र निर्मला राउतका एकमात्र सन्तान ११ वर्षीय आलोक राउतको पटकाले ज्यान गएको हो। घाइते आलोकको उपचारको क्रममा धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा मंगलबार मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले जानकारी दिए। 

मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा खेलाडीले खुसीयालीमा पटाका पड्काएका थिए। सोही क्रममा केही नपड्केको पटाका फालिएको भेटाएर आलोकले घरमा लगेका थिए। छोरालाई पटका लिएर खेल्दै गरेको देख्दा बुवा बिकाउले गाली पनि गरेको उनका मामा गोपी साह बताउँछन्। ‘उसको हातबाट पटका लिएर फालीदिएका थियौं तर, पनि खोजेर ल्यायो र हातमै खेलाउँदै गर्दा त्यो पड्क्यो।’ 

मंसिर २१ गते विष्फोटले आलोकको पेट र हातमा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै उपचारको लागि धरान पठाइयो। तर, उनलाई बचाउन सकिएन्। 

मृतक आलोकको परिवारमा अहिले शोकमा डुबेको छ। परिवारका एकमात्र सन्तान खोसिएपछि हजुरबुवा रामधनी राउत कुनै प्रतिक्रिय दिने अवस्थामा छैनन्। 

मृतकका मामा गोपी साह भन्छन्, ‘जुन पटका माथि प्रशासनले ब्यान्ड लगाएको छ दिपावलीको बेला खोजी खोजी नियन्त्रणमा लिईन्छ त्यो पटका प्रशासनकै रोहबरमा कसरी खेलको बेला पड्काइयो ?,’ आक्रोशित हुदैं उनले भने, ‘मेरो अबोध भान्जाको मृत्युको दोषी खेलकुद परिषद् र प्रशासन दुवै हुन्।’

यता, धनुषा खेलकुद विकास समितीका कार्यालय प्रमुख विनोद सिंह भन्छन्, ‘गल्ती त भएकै छ। त्यो हामीले स्वीकार गर्नैपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.