पप्पुलाई हटाएपछि पुल निर्माण तीव्र

पप्पुलाई हटाएपछि पुल निर्माण तीव्र

सिरहा : हुलाकी लोकमार्गअन्तर्गत सिरहा–सप्तरी जोड्ने बलान नदीको पुल र सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माणबाट पप्पु कन्स्ट्रक्सनलाई हटाइएको छ। तराई–मधेशको लाइफ लाइने मानिएका यी दुवै पुल निर्माणबाट पप्पुलाई हटाइएपछि कामले गति लिएको छ।

०६८ सालमै शिल्यानाश भई काम थालिएका यी पुल पप्पुले ८ वर्षमा पनि पुरा गर्न सकेन। २४ करोड ९१ लाख रुपैयाँमा लागतमा कमला नदीको पुल निर्माण गर्न सरकार र पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनबीच ३१ जेठ ०६८ सालमा सम्झौता भएको थियो। दुई पटक म्याद थप्दा पनि पुल निर्माण हुन नसकेको हो।

पप्पुलाई हटाएर असोज १ गतेदेखि लुम्बिनी कन्स्ट्रक्सन एक्लैले काम सुरु गरेको हो। त्यस्तै २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा बलान नदीको पुल निर्माण गर्न सरकार र शर्मा पप्पु जेभीबीच सम्झौता भएको थियो। सो पुल निर्माणले पनि ८ वर्षसम्म पुर्णता पाउन सकेन। पप्पुलाई हटाइएपछि ०७५ चैतदेखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको छ। ‘कार्यप्रगति नदेखेपछि ठेक्का किन नतोड्ने भनेर पत्र लेखेपछि लिड पार्टनरले एक्लै काम गर्ने प्रतिबद्धता जनाएको छ’, हुलाकी सडक आयोजना कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेन्द्र दासले भने, ‘पप्पु कन्स्ट्रक्सनलाई निर्माण कामबाट हटाइएको छ।’

सिरहा–धनुषा जोड्ने पुल निर्माण गर्दै कामदार। 

कमला नदीको पुलमा ०७६ असोज १ गतेबाट लुम्बनी बिल्डर्स र बलान नदीको पुलमा ०७५ चैतदेखि शर्मा एण्ड कम्पनीले काम थालेको इन्जिनियर दासले बताए। कमला पुल निर्माण गर्न पछिल्लो पटक एक वर्षको म्याद थप भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर विश्वनाथ खनालले बताए। आगामी जेठ मसान्तभित्रै निर्माण सक्ने गरी कार्म अगाडि बढाएको उनले बताए। ‘निर्माण सामग्री ल्याउने बाटो नहुँदा कठिनाई परेको थियो। बाटो बनायौं’, उनले भने, ‘हालसम्म ५६ प्रतिशत काम भएको छ। एसप्यान ढलानको काम सुरु भएको छ।’

४७० मिटर लम्बाई र ११ मिटर चौडाई यो पुल १२ एसप्यानको छ। जसमा ३ वटा ढलान भइसकेका छन्। बलान नदीको पुल पनि १२ एसप्यानकै छ। ४७० मिटर लम्बाई र ८ दशमलव ९ मिटर चौडाईको यो पुलमा २ वटा स्ल्याबको काम पुरा भइसकेको छ। ३ वटा स्ल्याबमा गडरको काम भएको छ। ७ वटामा पायरसम्म काम भइसकेको प्रोजेक्ट म्यानेजर डिपी भुषालले बताए। ‘थपिएको समयभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ’, उनले भने। यो पुलको ६५ प्रतिशत काम भइसकेको उनको भनाइ छ। ३० किलोमिटर बाटो पर्ने प्रदेश २ को राजधानी जनकपुर पुग्न अहिले पूर्व–पश्चिम लोकमार्गको डेढसय किलोमिटरभन्दा बढी बाटो तय गर्नु पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.