मोबाइलका कारण चोटपटक बढ्यो

मोबाइलका कारण चोटपटक बढ्यो

अमेरिकामा गरिएको एक अध्ययनले मोबाइल फोनका कारण अनुहारमा घाउ हुने र चोटपटक लाग्ने क्रम बढेको देखाएको छ। न्युजर्सी मेडिकल स्कुलका अनुहारका प्लास्टिक सर्जन डा. बोरिस पास्खोभरले नेतृत्व गरेको अध्ययनको निष्कर्ष छ–मोबाइलका कारण अनुहारमा घाउचोट लाग्ने क्रम बढ्दो छ। 

हालसालै प्रकाशित ‘जामा ओटोलारिन्जोलोजी जर्नल’मा सो अध्ययन समेटिएको छ। अध्ययनमा एक जना महिलाको अनुहारमा मोबाइल फोन खस्दा नाकै भाँच्चिएको घटना उल्लेख गरिएको छ। 

डा. पास्खोभरको अध्ययन टोलीले २० वर्षको तथ्यांक केलाएको थियो। सन् २००६ मा विश्व बजारमा स्मार्टफोनले प्रवेश गरेपछि अनुहारमा फोनका कारण हुने चोटपटक सुरु भएको बताइएको छ। 

‘दुई दशकयता मोबाइल फोनका कारण टाउको, घाँटी र अनुहारमा चोट लाग्ने क्रम बढेको छ,’ अध्ययनमा भनिएको छ, ‘अधिकांश चोट सामान्य छन्। तर, केही व्यक्तिलाई भने चोटका कारण दीर्घकालीन असर पुगेको छ।’ 

अनुसन्धाताहरूले सन् १९९८ देखि २०१७ सम्म करिब ७६ हजार मानिसलाई मोबाइल फोनका कारण चोटपटक लागेको अनुमान गरेका छन्। विभिन्न देशका सयभन्दा बढी अस्पतालमा अध्ययन गरिएको थियो। 

सन् २००६ यता हरेक वर्ष दुई हजार मान्छेका अनुहारमा मोबाइल फोनका कारण चोट लाग्ने गरेको पाइएको छ। अनुहारमा घाउ लाग्ने, कोतरिने आदि समस्या आएको र अधिकांश चोट सामान्य भएको अध्ययनमा बताइएको छ। अरूले हानेको  मोबाइल फोनले लागेर अनुहारमा घाउ हुने व्यक्ति पनि थुप्रै भएको अध्ययनमा पाइएको छ। मोबाइल फोन चलाउँदा ध्यान अन्यत्र नलगाउन डा. पास्खोभरको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.