रास तालमा डुबेर मृत्यु
धरान : सुनसरीको रामधुनी नगरपालिका ७मा रहेको रास तालमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय पुरन चौधरीको मृत्यु भएको छ । बिहीबार साँझ तालमा पौडी खेल्न गएका ५५ वर्षीय चौधरी तालमा डुबेर गम्भीर भएका थिए।तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएका चौधरीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
चौधरीको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए। घछनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।