धनुषामा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु

धनुषामा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु

जनकपुरधाम :  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ। 

कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोट हुँदा घरधनी राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो। 

घटनामा परेर गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर दाहालले जानकारी दिए।

प्रहरी निरीक्षक अमिर दाहाल । तस्बिर सौजन्य : सञ्जय शाह

निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेश्वरको घरमा राति शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो। प्राप्त सूचना अनुसार नजिकैको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीबाट सुरक्षाकर्मीहरु घटनास्थलमा पुगेका थिए। तर, सुरक्षाकर्मीहरु घरमा पुगेर शंकास्पद वस्तु हेर्न खोजेकै बेला एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा घरधनी राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छ्न्। घाइते तीनै जनाको धनुषामा उपचार सम्भव नभएपछि बीपी प्रतिस्ठान धरानमा उपचार भइरहेको छ।  प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.