धनुषा विस्फोट : घाइते तीनैजनाको शल्यक्रिया

धनुषा विस्फोट  : घाइते तीनैजनाको शल्यक्रिया

धरान : गएराति धनुषामा भएको विस्फोटमा घाइते भएका तीनजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया भएको छ। गएराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारस्थित राजेश साहको घरमा  बम विस्फोटका घाइतेको शल्यक्रिया भएको हो। 

प्रहरी जवान रिजन महतो, राजेशकी २१ वर्षीया छोरी अञ्जलीकुमारी साह र छोरा १४ वर्षीया छोरा प्रेमकुमार साहको शल्यक्रिया गरिएको हो। घाइतेमध्ये प्रहरी जवान महतोको अवस्था चिन्ताजनक छ। अञ्जली र प्रेमकुमारको अवस्था खतरामुक्त रहेको बीपी  प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऐरले जानकारी दिए। बम विस्फोटका गम्भीर घाइते भएका तीनै जनाको टाउको देखि पैतालासम्म नै गम्भीर चोट लागेको छ। बमको छर्राले पेटमासमेत लागेपछि शल्यक्रिया गर्नु परेको सहायक प्रवक्ता ऐरले बताए। 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार प्रहरी जवान महतोको छाती र अञ्जली र प्रेमकुमारको खुट्टाको शल्यक्रिया गरिएको छ ।

प्रहरी निरीक्षक दाहालको शव काठमाडौं लगियो 
बम विस्फोटमा मृत्यु भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शव काठमाडौं लगिएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालको पहलका दाहालको शव नेपाली सेनाको हेलिकप्टरबाट परिवारको जिम्मा लगाउनका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी न्यौपानेले जानकारी दिए। 

सेनाको हेलिकप्टर धरान बस्न नमानेपछि दाहालको शव विराटनगर विमानस्थलबाट काठमाडौं पठाइएको हो। 

संखुवासभाको मादी घर भएका प्रहरी निरीक्षक दाहाल पछिल्ला समय बसईं सरेर  काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ मा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरा र आमा बुवा गोकर्णेश्वरमा बसोवास गर्दै आएका छन्।  दाहाल प्रहरीको सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पीएसओ) मा कार्यरत रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.