हिउँमा फसेका श्रीमान्-श्रीमतीको ४ दिनपछि उद्धार
भोजपुर : साल्पासिलिचो गाउँपालिका ६ स्थित बलौटे भञ्ज्याङस्थित हिउँमा फसेका दुईजनालाई प्रहरीले उद्वार गरेको छ । बाक्लो हिमपातका कारण घर फर्कन नसकेका खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखाका ४९ वर्षीय प्रेमकुमार राई र उनकी ५८ वर्षीया पत्नी पदमश्वरी राईको उद्वार गरी आफन्तलाई बुझाइएको हो ।
साल्पापोखरी घुमेर फर्कने क्रममा गत शुक्रबारदेखि हिउँमा फसेको जानकारी पाएसँगै प्रहरी टोली उनीहरुको उद्धारमा खटेको थियो। सोमबार उद्धार गरिएका उनीहरुलाई भोजपुर ल्याइ आफन्तको जिम्मा लगाएको प्रजिख नुरहरि खतिवडाले जानकारी दिए ।प्रहरी चौकी दोभानेको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो।