एकै रात तीन जनालाई करणी !

एकै रात तीन जनालाई करणी !

रुकुम : एकै रातमा तीनजना महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्।

गत मंसिर २७ गते राति उनले गाउँका तीन महिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए। घरमा पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। उनका अनुसार केशवले २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया एक महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए। सोही राति २ बजे घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन्। उनी ढोकाको खापबाट हात छिराइ काठको खुटी (चुकुल) निकालेर प्रवेश गरेका थिए। बलात्कार गर्न खोज्दा प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा छ। पीडित तीनै जनाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।

पीडितको निवेदनका आधारमा केशवलाई मंसिर ३० गते बेलुका नगरपालिका ९ राडी बजारमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको डीएसपी खड्काले बताए। उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.