दुई प्रहरी अधिकृतविरुद्ध मुद्दा
काठमाडौं : प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साहसहित दुई प्रहरी अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।
प्रहरी निरीक्षक रामकिशोर साहले ठगी सम्बन्धी उजुरीमा मिलाई दिने भनी सेवाग्राहीसँग घुस लिएका थिएका थिए।
९० हजार घुस लिदा लिदै पक्राउ परेका साहविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
यस्तै ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक नवीनकुमार झाविरुद्ध मुद्दा दायर गरिएको छ।
प्रति ट्रिपर एक हजार उठाउने सहायक निरीक्षकविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दयार गरेको छ।