१४ वर्षीया बालिकालाई जवर्जस्ती गरेको आरोपमा ६९ वर्षीय वृद्धा पक्राउ

१४ वर्षीया बालिकालाई जवर्जस्ती गरेको आरोपमा ६९ वर्षीय वृद्धा पक्राउ

रुकुम : १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिमका ६९ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाइलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । छिमकीकै १४ वर्षीया छोरीलाई दमाइले आफ्नै घरमा आएको बेला जवरजस्ती करणीको गरेको पीडितको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दमाइले शरीरका संवेदनशील अंगमा हात लगाउने साथै यौन दुव्र्यवहार गरेको पीडितको उजुरी छ । दमाइको गोठ नजिकै पीडित घाँस काट्न आएको बेला ललाइ फकाइ बोलाएर गोठभित्र लिएर दुई पटक जवरजस्ती करणी गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

जवरजस्ती करणीपछि कसैलाई नभन्नु भन्दै बालिकालाई उनले एक हजार रुपैयाँसमेत दिएको कुरा पीडित पक्षको दावी छ । पीडितको उजुरीको आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो । पक्राउ गरेका दमाइलाई जवरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरी हिरासतमा राखिएको डिएसपी खड्काले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.