घर झगडाको असर

घर झगडाको असर

परिवारमा पतिपत्नीको आपसी झगडाका कारण बालबालिकामा नराम्रो असर पर्ने गरेको छ। जुनसुकै बालबालिकाका लागि उनको परिवारको वातावरण महŒवपूर्ण हुन्छ। आमाबुवाबीच खटपट हुँदा परिवारको वातावरण नराम्रो हुन्छ। जब आमाबुवाबीचमा आपसी असहमति हुन्छ, बालबालिकामा भावनात्मक, सामाजिक, मानसिकतालगायतका असर पर्छन्।

बालबालिकामा पर्ने मुख्य असरहरू

बेचैनी र असुरक्षा: आमाबुबा आपसमा झगडा गर्दा बालबालिकाले असुरक्षित महसुस गर्छन्। त्यसैगरी शान्त परिवारमा बालबालिकाले आफूलाई निकै सुरक्षित महसुस गर्छन्।

एकाग्रताको कमी: आमाबुवाको झगडाले बालबालिकामा एकाग्रताको कमी हुन्छ। यस्ता बालबालिकाले स्कुलमा ध्यान केन्द्रित गर्न सक्दैनन्। बालबालिकामा सिक्ने र सम्झने क्षमतामा पनि कमी आउँछ।

अपराध बोध: आमाबुबा सधैं झगडा गरेको देख्ने बालबालिकामा आत्मविश्वासको कमी र अपराधबोध हुन्छ। बालबालिकाले झगडाको कारण कतै म त होइन ? भनेर सोच्न थाल्छन्। यसका कारण उनीहरूमा भित्रभित्रै अपराध बोधको भावना उत्पन्न हुन्छ।

झुट बोल्नु: कुनै बालबालिका घरको झगडाबाट बच्नको लागि झुट बोल्ने कोसिस गर्छन्। पछि गएर त्यही झुट बोलाई एउटा खराब बानीमा परिवर्तन हुन्छ।

आमाबुवासँग छुट्टिने भय: आमाबुवा झगडा गरेर जब घरबाट निस्केर जाने कुरा गर्छन्, यसले बालबालिकामा गम्भीर असर पर्छ। उनीहरूलाई आमाबुवामध्ये एक जनाको साथ छुट्छ कि भन्ने डर लाग्छ। यस्तो अवस्थामा बालबालिकाले पनि झगडालु व्यवहार प्रदर्शन गर्न सुरु गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.