सेन्ट जोन्सले जित्यो ‘ग्रासरुट’ लिग

सेन्ट जोन्सले जित्यो ‘ग्रासरुट’ लिग

सिमरा : बाराको सिमरा रंगशालामा सञ्चालन गरिएको ग्रासरुट फुटबल लिगको उपाधी सेन्ट जोन्स स्कुलले जितेको छ। डुमरवानाको राष्ट्रिय सामुदायिक शिक्षा सदनलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्दै सेन्ट जोन्सले उपाधी उचालेको हो। 

निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो। यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा अक्षरा पाठशालाले सिमरा पब्लिक इंगलिस स्कुललाई १–० ले पराजित गर्‍यो। उपाधी बिजेता र उपबिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, जन जागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरीलगायतले पुरस्कार वितरण गरेका थिए। कार्तिक ३० गतेदेखि सुरु भएको लिगमा १३ विद्यालयको सहभागिता थियो।

दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अखिल नेपाल फूटवल संघ (एन्फा) ले बारामा ग्रासरुट फुटबल सञ्चालन गरिरहेको छ। स्कुले बालबालिकालाई लक्षित गरिएको कार्यक्रममा बाराका विभिन्न विद्यालयका पॉच सयभन्दा बढि बालबालिका प्रशिक्षणरत छन्। 

१५ महिना अघि सुरु भएको ग्रासरुट कार्यक्रममा प्रशिक्षण लिइरहेका बालबालिकालाई अनुभव र दक्षताका लागि लिग सञ्चालन गरिएको संयोजक रामचन्द्र लामाले जानकारी दिए। लिगले बालबालिकालाई उर्जा थप्नेमा आफू आशावादी रहेको भन्दै लिगको अवधारणा ल्याइएको बताए। 

लिगमा सिमरा पव्लिक स्कुल, सेन्ट जोन्स, राष्ट्रिय विभुती सामुदायिक शिक्षा सदन, प्रोग्रेस एकेडेमी, शुभतारा, सेन्ट अल्फोन्सा, न्यु एकता,  अक्षरा पाठशाला, सेन्ट पिटर्स, लोटस, ब्राइटर, पाथिभरा र नोबेल एकाडेमी गरी १३ विद्यालयका २ सय ३४ बालबालिका सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.