विद्युत‍्का कारण उद्योग जोखिममा

विद्युत‍्का कारण उद्योग जोखिममा

भैरहवा : नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका कारण यहाँका उद्योगको ३० अर्ब लगानी जोखिममा परेको छ। माग बिना जानकारी नदिइ नै विद्युत् प्राधिकरणले उद्योगमा जबरजस्ती ट्रंक लाइन जडान गरेर करोडौं भुक्तानी माग गरेपछि लगानी जोखिममा परेको उद्योगीले गुनासो गरेका छन्।

उद्योगीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर विद्युत् केन्द्रले भैरहवा बुटवल करिडोरमा रहेका १६ वटा उद्योगमा मात्र जबरजस्ती ट्रंक लाइन जडान गरिदिएर अन्य भन्दा ६६ दशमलव ६७ प्रतिशत बढी विद्युत् महसुल माग गरेको गुनासो पोखे। अन्य उद्योगलाई भने विद्युत्ले ट्रंक लाइन जडान गरेको छैन।

कुनै उद्योगलाई ट्रंक लाइन आवश्यक परेको अवस्थामा उसले विद्युत् कार्यालयमा निवेदन दिएर लाइनको माग गर्छ। त्यसपछि लाइन जडान हुन्छ। ट्रंक लाइन जडान पश्चात विद्युतको गुणस्तर र भोल्टेज एकनासको हुन्छ भने यो लाइनमा लोडसेडिङ पनि हुँदैन। यसकारण यो लाइनको महसुल अन्य लाइनभन्दा धेरै महँगो हुन्छ।

‘प्राधिकरणले जबरजस्ती ट्रंक लाइन जडान गरेर अहिले करोडौं मूल्यको बिल भुक्तानीका लागि पत्राचार गरेको छ’, एभरेस्ट रोलिङ इन्डस्ट्रिज प्रालिका सञ्चालक अरुण गोयनकाले भने, ‘माग नै नगरेको महँगो लाइन जबरजस्ती जडान गरेर भुक्तानीका लागि दबाब दिइरहनु न्यायोचित भएन।’

आफूले ३३ केभीए भोल्टेजको विगतकै लाइन जडान गर्न पटकपटक विभिन्न निकायमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएको उनले गुनासो पोखे।

यी १६ वटा उद्योग विगतमा ३३ केभीए लाइनबाट सञ्चालित हुँदै आएका थिए। तर, प्राधिकरणले ०७४ चैतदेखि ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरेपछि उद्योगीले विद्युत् कार्यालयमा लाइनको विषयमा जानकारी माग गरेका थिए। त्यसबेला कार्यालय प्रमुख उमेश कुमार झाले ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति भएपनि विगत झै साधरण महसुल नै लाग्ने भन्दै उद्योगीलाई जवाफ दिएको उद्योगीले पत्रकार सम्मेलनमा बताए। त्यसयता उद्योगीले पुरानै दरमा महसुल बुझाउँदै आएका थिए। तर, मंसिर महिनामा एकाएक उच्च दररेटमा हालसम्म प्रयोग गरेको ट्रंक लाइनको करोडौं बक्यौताको भुक्तानी गर्न भन्दै बिल आएपछि आफूलाई उद्योग बन्द गर्ने अवस्थामा पुगेको एसआर स्टिल प्रालिका सञ्चालक सुरज उप्रेतीले बताए।

उनका अनुसार यी १६ वटा उद्योगमा विद्युत्ले ट्रंक लाइन प्रयोग गरेबापत भुक्तानीका लागि ३० करोड बढी बक्यौताको बिल पठाएको छ। विगतमा भैरहवा वितरण केन्द्रले यी उद्योगमा पुरानो फिडर अमवाबाट लाइन वितरण गर्दै आएको थियो भनेपछि आनो आन्तिरक लोड मिलान तथा फेज सिकवेन्स ब्यालेन्स गर्न भन्दै आफूलाई झुक्काएर भरवलिया केन्द्रबाट ट्रंक लाइन जडान गरिदिएको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताए। उनले विद्युत् महसुलका कारण उत्पादन लागत बढेकोले बजारमा प्रतिस्पर्धा गर्न समस्या भएकाले उद्योग बन्द गर्नुको विकल्प नभएको गुनासो गरे। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले विद्युत् कार्यालयले विना जानकारी आफै ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरेकोले बढी महसुल मिनाहा गर्न र ट्रंक लाइन हटाउन माग गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.