दुई रुपैयाँमा पुस्तक

दुई रुपैयाँमा पुस्तक

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको प्रदर्शनी कक्षमा विभिन्न लेखकका पुस्तकलाई सजाएर राखिएको छ । नेपाली साहित्य, दर्शनावली, जातीय संस्कार र संस्कृति, बालसाहित्य, लैंगिक अध्ययनजस्ता पाँच सय प्रकारका पुस्तक र एक सयभन्दा बढी पत्रिकाको प्रदर्शनी चलिरहेको छ । मंसिर १ गतेदेखि पुसको अन्तिमसम्म चल्ने प्रदर्शनीमा नेपालको सम्पूर्ण परिचय पाइने पुस्तक पाइन्छ ।

प्रदर्शनीमा २०२७ सालयता प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका सामग्री समेटिएको छ । यहाँ दुई रुपैयाँमा पाइने काव्य अर्चनादेखि एक हजार चार सय पर्ने प्रज्ञा नेपाली अंग्रेजी शब्दकोष समावेश छन् । पुस्तक हेरी १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ ।

पुस्तक प्रदर्शनी विभागका व्यवस्थापक सुधीर ढुंगेलका अनुसार ज्ञानमा रुचि राख्नेका लागि पठन संस्कृतिको विकासमा टेवा पु¥याउन प्रदर्शनीले सहयोग गर्छ । हरेक नेपालीको हातमा प्रज्ञाको पुस्तक पु¥याउने उद्देश्यअनुसार प्रज्ञाले वर्षको दुईतीन पटक पुस्तक प्रदर्शनी गर्दै आएको छ । २०५५ सालसम्मका पत्रिका पाँच रुपैयाँ तिरेर किन्न सकिन्छ । बजार मोलभन्दा निकै सस्तोमा प्रतिष्ठानले पुस्तक उपलब्ध गराएको ढुंगेलले बताए । दुई रुपैयाँमा पाइने काव्य अर्चनामा प्रायः पाठकको नजर पर्ने गरेको छ ।

प्रदर्शनीको हालसम्म हजारौं पाठकले अवलोकन गरेको र नौ लाख बढीको पुस्तक बिक्री भएको छ । नेपाली बृहत् शब्दकोश, दर्शन संग्रह, जातीय संस्कार, नेपाली साहित्य समालोचना, अनुसन्धानात्मक पुस्तक, पुराना अभिलेखजस्ता पुस्तक पाठकले खोज्ने गरेका छन् । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने पुस्तक लेखकले लामो समय अनुसन्धान विश्लेषण गरेर, फिल्डमा गएर मात्रै तयार पार्ने हुँदा गहन अध्ययन गर्ने पाठकका लागि उपयोगी हुने ढुंगेलको तर्क छ ।

प्रदर्शनीमा पुराना चर्चित किताब रिप्रिन्ट गरेर पनि समावेश गरिएको छ । पाठकले बढी खोज्ने किताब रिप्रिन्ट गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.