सांसद र मन्त्रीबीच चर्काचर्की

सांसद र मन्त्रीबीच चर्काचर्की

जनकपुरधाम : प्रदेश-२ का भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र नेपाली कांग्रेसकी सांसद प्रमिलादेवी दासबीच चर्काचर्की भएको छ। 

गत वर्षको बक्यौता भुक्तानीको माग गर्दै मंगलबार उपभोक्ता समितिका सदस्यले प्रदेशसभा अगाडि नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए। बक्यौताकै विषयलाई लिएर सदनमासमेत अवरोध गरेका विपक्षी दल नेपाली कांग्रेसका र नेकपा सांसद आन्दोलनकारीलाई सरकारविरुद्ध उक्साइरहेका थिए। 

केही सांसदले आन्दोलनकारीलाई मन्त्रीलाई घेराऊ गरी कुटपिट गर्न सुझावसमेत दिइरहेका थिए। त्यही उभिएकी थिइन् प्रदेशसभा सदस्य दास। उनी पनि उपभोक्तालाई आन्दोलनको लागि उकास्दै थिइन्। 

सोही बेला मन्त्री यादवको गाडी प्रदेशसभा बाट बाहिरियो। मन्त्री यादवलाई हेरेपछि आक्रोशित हुँदै सांसद दासले उपभोक्ताको भुक्तानीको विषयमा गम्भीर हुन भनिन्। उनले सो कुरा भनिराख्दा मन्त्री यादवको हात समातेकी थिइन्। यसै विषयमा मन्त्री यादव रिसाए र उनले महिला सांसदलाई यसरी हात समात्नु मर्यादा विपरित रहेको भन्दै सम्झाउन थाले। यसै विषयलाई लिएर मन्त्री र सांसद बिच चर्काचर्की भएको हो। 

विवाद बढेपछि मन्त्री यादवले सांसद दाससँग हात जोर्दै शान्त हुन आग्रह पनि गरे। यसै क्रममा बचाउ गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले सांसद दासलाई हो हल्ला नगर्न भन्दै हटाएका थिए। 

एता, मन्त्री र सांसद बीचको चर्काचर्कीको विषयलाई कतिपय सञ्चारमाध्यममा हात हालाहाल भनी समाचार सम्प्रेषण भएका छन्। मन्त्री यादवले सामाजिक सञ्जालमा आफ्नो कुरा राख्दै सामान्य विवादलाई हात हालाहाल भनेर दुस्प्रचार नगर्न आग्रह गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.