वाह ! तोरी फुल्ने फाँट
सिन्धुलीको दुधौली नगरपालिका–१ भलुवाही फाँटमा फुलेको तोरी । कुनै समय तोरी उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिएको कमलाखोंच क्षेत्रमा हिजो आज कमला नदीले खेतियोग्य जमिन कटान गरेर बगरमा परिणत गरेपछि तोरी उत्पादनमा कमी भएको छ।
यस क्षेत्रका कृषकको १४ हजार रोपनी भन्दाबढी तोरी फल्ने खेत कमला नदीले बगर बनाएको छ।