अपहरणमा परेकी युवतीले भागेर ज्यान बचाइन्

अपहरणमा परेकी युवतीले भागेर ज्यान बचाइन्

धरान : सुनसरीको इटहरीबाट अपहरणमा परेकी १६ वर्षीया युवतीले भागेर ज्यान बचाएकी छिन्। मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कजेलमा स्टाफ नर्स अध्ययन गरेर तरहरा घर फर्किएकी युवती इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडीबाट अपहरणमा परेकी थिइन्।

मंगलबार साँझ ७ बजे इटहरीबाट धरान आउँदै गरेको नम्बर नखुलेको पिकअफ भ्यानमा तरहरा जाने भन्दै चढेकी उनलाई गाडीका चालक र गाडीमा रहेकी एक महिलाले मुख थुनेर धरानतर्फ लगेका थिए। गाडीमा एक महिला देखेर आफु सुरक्षित हुने भएकाले तरहरा घर जान गाडी चढेकी उनलाई अपहरणकारीले गाडी नरोकी धरानको शिवधारा माथिको जङ्गलमा पुर्‍याएका थिए। अपहरणकारीको कब्जामा परेकी युवतीलाई यौन दुर्व्यवहार गरि घाइते बनाएपछि युवतीले भागेर ज्यान बचाएकी छिन्।

बुधवार बिहान १:३० बजे अपहरणकारीको कब्जाबाट भागेर बाँच्‍न सफल भएकी उनको शरिरमा चोट पटक लाग्नुका साथै लगाएका कपडासमेत च्यातिएको छ। घाइते अवस्थामा रहेकी युवतीलाई प्रहरीले तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरि डिस्चार्ज गरेको छ।

युवतीको बयानका आधारमा घटनामा संलग्नहरुको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक हेमराज ओलीले बताए। प्रहरीका अनुसार अपहरणमा परेकी युवतीलाई महिलासहित गाडीका चालकले जबरजस्ती गर्न खोजेपछि आफु भागेर बाँच्न सफल भएको बयान दिएकी छिन्। युवतीको उजुरीअनुसार अपहरणकारीको पहिचान गरी पक्राउ गर्न प्रहरी परिचालन गरेको प्रहरी निरीक्षक ओलीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.