सुदूरपश्चिममा यसरी सुरु भयो भ्रमण वर्ष

सुदूरपश्चिममा यसरी सुरु भयो भ्रमण वर्ष

धनगढढी : सुदूरपश्चिम सरकारले विविध कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्षको सुभारम्भ गरेको छ । धनगढीको ट्राफिक चोकबाट नौ वटै जिल्लाका झाँकीहरु सहित सुरु गरिएको र्‍याली संघी प्रहरी इकाई कार्यालयको मैदानमा औपाचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रदेश पर्यटन मन्त्री माया भट्टको अध्यक्षतामा भएको भ्रमण वर्षको सुभारम्भ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अथिति थिए । प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उपसभामुख निर्मला जोशी, सहित प्रदेश सभा सदस्यहरुको सहभागित रहेको थियो । 

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड र सभामुख अर्जुन थापाले मात्रै मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रमका नौ वटै जिल्लाका झाँकीहरु प्रस्तुत गरिका थिए भने नेपाल प्रहरी, शसस्त्र प्रहरीको ब्याण्डको प्रदर्शन गरिएको थियो । 

धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघले गौरीफन्टा सीमामा गएर दिनभरि नेपाल आउने पर्यटकहरुलाई ढाका टोपी, अबिर लगाएर स्वागत गरेका थिए । सीमा क्षेत्रमै पर्यटकका लागि चिया र कफीको पनि व्यवस्था गरिएको थियो । धनगढी उपमहानगरपालिको ५ दिनसम्म नगर क्षेत्र भित्रका पर्यटकीय स्थलसम्म जानका लागि गौरीफन्टा सीमा क्षेत्रबाटै निशुल्क बस सेवा सञ्चालनसमेत गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.