विप्लव समूहका नेता चिनियाँ पेस्तोलसहित पक्राउ

विप्लव समूहका नेता चिनियाँ पेस्तोलसहित पक्राउ

भोजपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जनमुक्ति सेना सदस्यलाई प्रहरीले चिनियाँ पेस्तोलसहित पक्राउ गरेको छ ।

पार्टीको केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला, दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार हतुवागढी गाउँपालिका ९ हसनपुरबाट थापा पक्राउ परेका थिए । खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र केही पार्टीका दस्तावेज फेला पारेको बताइएको छ । उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइ अनुसन्धान थालिएको डिएसपी नरबहादुर सलामीमगरले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.