कृषिमा भविष्य खोज्दै युवा

कृषिमा भविष्य खोज्दै युवा

भोजपुर : उज्जल भविष्यको सपना बोकेर भोजपुर आमचोक गाउँपालिका-९ दुम्माना आमबोटका रोशन मगर चार वर्षअघि कतार पुगे। उनले एक कम्पनीमा सजावट मार्बल बनाउने काम पाए। त्यहाँ करिब दुई वर्षसम्म काम गरे। काम धेरै गाह्रो थियो। पारि श्रामिक थोरै। कमाएको तलबले घरखर्च पठाउनै समस्या भएपछि निरास बने, घर फर्के।

विदेशबाट आजित बनेका रोशनले गिरीराज खुकुरा पाल्न थाले। आम्दानी राम्रो हुन थालेपछि उनले ३६ रोपनी जग्गा भाडामा लिए। उनले तरकारी र कुखुरा फर्म बढाएर ब्रोइलर र गिरीराज खुकुरा हाले। नभन्दै उनले कृषि र कुखुराबाटै विदेशको दोब्बर कमाइ गर्न थाले। अहिले उनको मासिक ६० हजारसम्म आम्दानी हुन्छ।

‘परिश्रम गरे विदेश जानुपर्दैन, यहीँ कमाउन सकिन्छ’, उनले भने, ‘राज्यले अनुदान, सहुलियत, उचित बजारीकरण, भौतिक पूर्वाधार बनाइदिए कृषि पेसामा लागेका युवालाई धेरै राहत मिल्ने थियो’, पछिल्लो समय कृषि पेसालाई नयाँ सोच र जोसजाँगरले विदेशबाट फर्केर रोशनजस्तै युवापुस्ता गाउँमै सफल उद्यमी बन्न थालेका छन्।

यस्तै भोजपुर नगरपालिका-११, आम्तेकका मोनकुमार श्रेष्ठले पनि २ वर्षअघि मलेसियाबाट फर्केर गाउँमै कृषि फर्म दर्ता गरी तरकारीबाली र बाख्रापालन थाले। ३५ रोपनी जग्गामा व्यावसायिक रूपमा तरकारीबाली र बाख्रापालन गरिरहेका मोनकुमारले घरमै बसीबसी राम्रो आम्दानी गरेका छन्। उनले भने, ‘धेरै पैसा कमाउने सपना बोकेर विदेश जाने युवाले गर्न सके आफ्नै भीरपाखामा सुन फलाउन सक्छन्’, रोशन र मोनकुमार जस्तै कृषि तथा पशुपालनलाई व्यवसायीकरण बनाएर धेरै युवा स्वदेशमै लगानी र परिश्रम गरेर विदेशको कमाइ गरिरहेका छन्।

विदेशबाट फर्केका युवापुस्ता कृषि पेसामा नयाँ सोच र जोसजाँगर लगाएर सफल उद्यमी बन्न थालेका छन्।

एकातिर व्यावसायिक कृषि र पशुपालन फर्म चलाउने युवा आर्जन गरेका ज्ञान र सीपलाई अन्यमाझ अभिप्रेरित गर्ने प्रयासमा छन्। रोशन र मोनकुमारले अन्य किसानलाई कुखुरापालनसम्बन्धी काम पनि सिकाउँदै आएका छन्। उनीबाट प्रेरित भएका अन्य कृषकलाई व्यावसायिक रूपले कृषिमा लाग्ने मोह बढाएको छ। तर, आफ्नो टोललाई नै कृषिको नमुना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्य तथा सरोकारवाला सरकारी निकायले सहयोग नगरेको उनीहरूको गुनासो छ।

कृषि पेसामा जुर्मुराएका युवा पिँढीलाई राज्यले युवापिँढीप्रति उदासिन भएकाले निराशा थपिएको गुनासो त्यत्तिकै छ। उचित बजारीकरण, उचित मूल्यदर, ढुवानीमा सहुलियत, करछुट र कच्चापदार्थको आयातमा कुनै किसिमको अनुदान र छुट नहुँदा कृषिमा उत्साहित देखिएका युवालाई हतोत्साहित गराएको छ।

राम्रो आम्दानी भए पनि आम्तेकका मोनकुमारलाई सडकको पहुँच नहुँदा कृषि उपजलाई बजारसम्म पुर्‍याउन ज्यालादारीमा कामदार लगाउनुपर्ने बाध्यता छ। उनी भन्छन्, ‘घर छेउछाउ कुनै सडक सञ्जाल पुगेको छैन, महँगो ज्याला दिएर तरकारी र बोकाखसी पुर्‍याउनुपरेको छ। कहिले सडक पुग्ला खै’ कृषिमा राज्यले स्पष्ट नीति नबाउँदा युवा कृषकलाई निराशा पनि बनाएको छ। युवा लक्षित कार्यक्रम र नयाँ स्वरोजगार नीति नहुँदा युवालाई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको टेम्केमैयुङ गाउँपालिका २ छिनामखुका अर्का युवा कृषक दीप राई सुनाउँछन्।

‘बिनाधितो सहुलियत ब्याजदरमा ऋण र अनुदान भए कृषि पेसामा जोसजाँगरले लागेका युवालाई हौसला मिल्ने थियो’, उनले भने, ‘व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गराउने किसिमको कार्यक्रम राखियो भने निजी उद्यमी अर्था युवा उत्साहित हुने थिए’ आयमूलक प्रशस्त स्रोत र साधन भए पनि सरकारी निकायको उदासिनताले युवा दिनानुदिन शैक्षिक बेरोजगार बन्नुपरेको उनीहरूको भनाइ छ। युवा पुस्तामा कृषिप्रतिको मोह बढ्नु सकारात्मक भए पनि कृषिमा लागेका युवा उद्यमीलाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको उनीहरूको ठम्याइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.