चिनियाँ हुलाक टिकटमा नेपाली कला

चिनियाँ हुलाक टिकटमा नेपाली कला

काठमाडौं : नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्ष भयो। दुई देशबीच मैत्रीपूर्ण आर्थिक र सांस्कृतिक आदानप्रदानको लामो इतिहास छ। चीनको नेपाललगायत एक सय ८० देशसँग दौत्य सम्बन्ध छ।

चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्टले दौत्य सम्बन्ध गाँसिएका एक सय ८० वटा देशबाट एक एकजना कलाकार छनोट गरेर कलाको बृहत् कार्यक्रम गर्‍यो। यो टोलीमा नेपालबाट कलाकार रवीन्द्र    श्रेष्ठ छनोट भए। हरेक देशका कलाकारले चिनियाँ कलाकारसँग सहकार्य गरी सिर्जनशील काम गरे। रवीन्द्रले चिनियाँ कालाकार ली छ्यानसँग सहकार्य गर्ने मौका पाए। उनीहरूले नेपाल-चाइना स्मारक कभरपत्र डिजाइन गरेका थिए। बेइजिङस्थित जिन्ताई कला संग्रहालयमा उक्त कभर पत्रको भव्य अनावरण गरिएको थियो।

कभर पत्रमा हिमालका विभिन्न आयाम देखाइएको छ। रवीन्द्रका अनुसार नेपाल र चीन जोड्ने सेतुका रूपमा हिमाललाई चित्रण गरिएको हो जसमा नेपाल र चीनका सांस्कृतिक सम्पदाका आकार समावेश छ। यही चित्रमा चिनियाँ कलाकार लीले हिमालमुनि गुडिरहेको रेल कलात्मक तरिकाले कोरेका छन्।

योसँगै बेइजिङमा रहेको नेपाली दूतावास तथा नेपालमा रहेको चिनियाँ दूतावासमा उनीहरूले बनाएको संयुक्त पेन्टिङ प्रदर्शनीमा राखिएको छ। यो आर्ट सिर्जना गर्न उनी एक महिना चीन बसे। त्यहाँ उनले नेपाली मठमन्दिरमा पाइने मोटिभ, टुँडाल तथा पुराना आर्टको प्रतिनिधित्व हुने गरी हेरिटेज एन्ड कलेक्सन शीर्षकको चित्र तयार गरे। यो चित्र चिनियाँ सरकारले हुलाक टिकटमा समावेश गरेको छ।

चीनमा भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा उनका चित्रले स्थान पाए। उनले अन्तर्राष्ट्रिय रूपमा हुने कला प्रदर्शनीमा आफ्ना सिर्जनामार्फत सहभागिता जनाउँदै आएका छन्। कहिले विश्व कला इतिहासमा नेपाली कला पनि समेटिनुपर्छ भन्दै विद्रोह गर्छन् त कहिले हरेक मानिस समान हो भन्दै फिंगर प्रिन्ट गरी हिँडछन्। चार वर्षअघि उनले बनाएको फिंगर प्रिन्ट आर्टले मानवीय मूल्य र मान्यता समेट्छ। सामान्य अर्थमा हेर्दा संसारमा कसैको पनि फिंगर प्रिन्ट एकआपसमा मिल्दैन तर उनले बनाएको चित्रमा एक औंला र अर्को औंलालाई जोड्न रातो रङको प्रयोग गरेका छन्। हरेकका औंला फरक भए पनि त्यसभित्र बग्ने रगत एकै हो भन्दै उनले चित्रमार्फत प्रमाणित गर्न खोजे।

नेपालमा डेढ दशकदेखि चित्रकारितामा सक्रिय श्रेष्ठ, विशेषत कन्सेप्टमा काम गर्ने कलाकार हुन्। अघिल्लो महिना आर्ट काउन्सिलमा प्रदर्शन भएको उनको छाता शीर्षकको इन्स्टलेसन आर्टले सबैको ध्यान खिच्यो। काठमाडौं विश्वविद्यालयमा बीएफए सकाएका श्रेष्ठ भक्तपुरका रैथाने हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.