दुई दिन मौसम सफा रहने, मंगलबारदेखि वर्षा र हिमपात
काठमाडौं : पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले बुधबारबाट सक्रिय भएको मौसमी प्रणाली कमजोऱ हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुसार आइतबार र सोमबार मौसम सफा रहेपनि मंगलबारबाट पुन : मौसम सक्रिय रहने छ।
नेपालमा अहिले पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम खुलेपनि बिहान/बेलुका चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाका अनुसार आइतबार देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !