हिमपातले चिसो बढ्यो, किसान उत्साहित

हिमपातले चिसो बढ्यो, किसान उत्साहित

ओखलढुंगा : ओखलढुंगाको उत्तरी क्षेत्रमा तीन दिनदेखि लगातार हिमपात भइरहेको छ । हिउँ परेर चिसो बढेको भए पनि किसान भने खुसी भएका छन् ।

हिमपातले अवरुद्ध सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगा–सोलु खण्ड आंशिक रुपमा सुचारु भएको छ । हिमपातले अत्याधिक चिसो बढेर सदरमुकाम ओखलढुंगामै तापक्रम शून्यमा झरेको छ । 

दुईहजार मिटरभन्दा माथिको उचाइमा हिमपात भएको हो ।  हिमपात र पानी परेका कारण लेकाली क्षेत्रमा रोपिएको उवा, गहुँमा सिंचाइ पुगेको छ । त्यस्तै आलु रोप्ने बारी तथा बुङ निर्माण गर्न समेत सहज हुने भएपछि किसान उत्साहित भएका हुन् । 

हिमपातले चिसो बढे पनि किसानलाई फाइदा पुगेको पात्लेका शिक्षक लाक्पा शेर्पाले बताए । उनले भने, ‘चिसो त बढ्यो तर, हिमपातले किसानलाई फाइदा पुगेको छ ।’ पुस माघमा हिमपात हुँदा समयमा पानीका मुलहरु निस्कने, सुख्खा नलाग्ने भएकाले हिमपात भएको साललाई राम्रो समय मान्ने गरिन्छ ।  

खिजीदेम्वाको अधिकांश भाग, मोलुङ र सिद्धिचरण नगरपालिकाको दुई वडामा हिमपात हुन्छ । यो क्षेत्रको मुख्य खाद्यबाली आलु, उवा र गहुँ हो । वर्षादमा थोरै मकैसमेत उत्पादन हुन्छ । हिउँदमा पानी र हिउँ पर्दा लेकाली क्षेत्रमा खाद्य उत्पादन बढ्ने भएकाले हिउँ परेपछि सहकालको समय सुरु भएको भन्ने चलन छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.