'प्रहरीलाई सक्दो सहयोग गर्नुहोस्'

'प्रहरीलाई सक्दो सहयोग गर्नुहोस्'

भैरहवा : पाँच नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुरेशविक्रम शाहले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।मंगलबार रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारको नवनिर्मित भवन र ब्यारेकको उद्घाटन गर्दै उनले भने, 'यो संगठन तपाईहरुको हो, यसलाई मलजल गर्नुस्, हामी लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।'

उनले नागरिकको सहयोगविना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।'गलत क्रियाकलाप गर्ने समूह÷व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ, उनले भने, 'जबसम्म तपाईहरुको सहयोग पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।'

उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण, व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिए। नयाँ भवनजस्तै प्रहरीको सेवा उत्कृष्ठ हुने बताउँदै सत्य सेवा सुरक्षणम् मूलमन्त्र अंगालेर काम गर्ने उनले निर्देशन दिए ।

मर्चवार क्षेत्रको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लले विगत र हालको पुलिसिङ्गमा धेरै परिवर्तन आएको भन्दै हाल प्रहरी सामुदायसँग मिलेर अघि बढेको कार्य सराहनीय रहेको उल्लेख गरे ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँले खाँदै गरेको खाना समेत छाडेर नागरिकको सेवामा लाग्ने प्रहरीको तलब निकै न्यून रहेको भन्दै थप वृद्धि  गर्नेपर्ने माग राखे।

कुल २३ कठ्ठा क्षेत्रफलमा रहेको इप्रका मर्चवारको नयाँ भवन १ करोड ५५ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण भएको रुपन्देहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए।उनले आधुनिक डिजाइनमा निर्माण भएको भवनले नागरिकको सेवा प्रवाहमा सहजता ल्याउनेमा विश्वास व्यक्त गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.